काठमाडौं देशभरका वकिलहरुको साझा संगठन नेपाल बार एशोसिएसनमा वामपन्थीको वर्चश्व रहेको छ ।
६ वर्षअघि वामपन्थी प्यानलबाट हरिकृष्ण कार्की बार अध्यक्ष निर्वाचित भएका थिए ।
कार्की अध्यक्ष निर्वाचित भएपनि महासचिव सहित बहुमत पदमा लोकतान्त्रिक समूहले जितेको थियो
अध्यक्षमा तीन वर्षपछि पुनरागमन गरेको भए पनि सिंगो कमिटीमा बलियो उपस्थिति भने ६ वर्ष पछि हो । । बार अध्यक्ष भएको डेढ वर्ष नहुँदै महान्यायाधिवक्ता भएका उनी बारमै नफर्की सर्वोच्च अदालतको न्यायाधीश भए ।
कार्कीको पालामा महासचिव चुनिएका सुनिल पोखरेल यसपटक लोकतान्त्रिक समूहबाट अध्यक्षमा लडेका थिए । तर, वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठसँग १४९ मतान्तरले पराजित भएका छन् । श्रेष्ठले ४०२२ मत प्राप्त गरी वामपन्थी प्यानललाई पुनरागमन गराउँदा पोखरेल ३८७३ मतमा सिमित भए ।
२०१३ सालमा स्थापना भएको नेपाल बार एशोसिएसनमा अधिकांश समय कांग्रेस समर्थित वकिलले जित्दै आएका थिए । पछिल्लो पटक शम्भु थापा, विश्वकान्त मैनाली र हरिकृष्ण कार्की वामपन्थी समूहबाट बारको नेतृत्वमा आए । तीन वर्षअघि तत्कालीन एमाले र माओवादी घटकहरुर मिल्दा पनि लोकतान्त्रिक समूहका शेरबहादुर केसीको प्यानल नै विजयी भएको थियो । तर, यो ३ वर्षमा केसी नेतृत्वको बार एशोसिएसनको भूमिका कमजोर देखिएको थियो ।
नेपाल बारमा वामपन्थी प्यानलको विजयले सत्तारुढ नेकपालाई राहत मिलेको छ । महासचिव र प्रदेश ५ को उपाध्यक्ष भने लोकतान्त्रिक प्यानलले जितेको छ ।
बार निर्वाचनको अन्तिम परिणाम यस्तो छ ः
अध्यक्ष चण्डेश्वर श्रेष्ठ
उपाध्यक्षहरू
प्रदेश १ मानबहादुर रुम्दाली
प्रदेश २ रामचन्द्र सिंह
प्रदेश ३ ईश्वरीप्रसाद भट्टराई
गण्डकी प्रदेशः सुरेन्द्र थापा मगर
प्रदेश ५ सुनिलकुमार श्रेष्ठ
कर्णाली प्रदेश मिनबहादुर महत
सुदूरपश्चिम प्रदेशः उमेशप्रसाद बिष्ट
खुलाक्षेत्रः रक्षा वस्याल
महासचिव लिलामणि पौडेल
कोषाध्यक्ष रुद्रप्रसाद पोख्रेल
सदस्यहरूः
(दलित) मोहन शंकर
(मधेशीरमुश्लिम) उपत्यका वाहिर पंचनारायण मण्डल
(मधेशीरमुश्लिम) खुल्ला वीरेन्द्रकुमार ठाकुर
(आदिवासीर जनजाति ) उपत्यका बाहिर विनाकुमारी सिंह (चौंधरी)
(आदिवासीरजनजाति खुला) बद्रीनारायण नगरकोटी
महिला उपत्यका बाहिर कल्पनाकुमारी भण्डारी
महिला खुला अन्जु कायस्थ
खुलातर्फ
डा शिवराज पण्डित (उपत्यका बाहिर)
गंगासागर खत्री
भीमसेन वन्जारा
भुवनप्रसाद निरौला
प्रकाश महर्जन
बालकृष्ण गैरे
खिमानन्द अधिकारी