धरान – ओखलढुङ्गाको मानेभञ्ज्याङमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मृत्यु हुनेहरुमा ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा रहेका छन् ।
त्यस्तै काठमाण्डौ बौद्ध बस्ने ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा छन् । घाइते रहेका तीन जनाको परिचय खुलेको छैन ।
हलेसीबाट काठमाडौँका लागि छुटेको बा १६ च २२०६ नम्बरको जिप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना भएको थियो । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ ।