फत्तेपुर / सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा रहेको त्रियुगा सहकारी संस्थाको फागुन २३ गते हुने संचालक समिती पुन गठनमा निर्वाचन नै हुने भए पछि पछि धकेलिएको छ ।
साविकको फत्तेपुर, कमलपुर, ओद्राह र घोघनपुर गाविस मिलेर सप्तकोसी नगरपालिका र कंचनरुपको घोघनपुरलाई कार्यक्षेत्र बनाएर कारोबार गर्दै आएको सहकारीको दुइ हजार दुइ सय ४४ सेयर सदस्य रहेका छ्न । सहकारीको संचालक समितिको ५ बर्षीय कार्यकाल यहि चैत्र २४ गते समाप्त हुने भएकोले सस्थाको पुस २८ गते भएको १७ औं साधारणसभाले सर्बसमत नयाँ कार्यसमिति चयन गर्न को लागी निर्वाचन समिती चयन गरियता पनि सो समितीले सर्बसहमत नयाँ समिती चयन गर्न नसके पछि चुनावी प्रक्रियाबाट समिती चयन गर्न लागिएको निर्वाचन समितीका संयोजक धर्मबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार चैत्र २३ गते हुने चुनाबले नयाँ संचालक समिति चयन गर्ने छ । सहकारीको संचालक समितीको चुनाव नेकापा र संघीय समाजबादी फोरमको प्यानल बनाएर चुनाबमा होमिएको छ । नेपाली काङ्ग्रेस, राजपा र राप्रपाको संयुक्त प्यानल चुनाबी मैदानमा उत्रिएको छ ।
नेकपाको प्यानलले निबर्तमान अध्यक्ष शम्भुबहादुर खड्कालाई पुन अध्यक्षमा अघि सारेको छ । खड्कासहित १२ वटा पद मा उम्मेदवारी दिएको छ । उनी स्थापना कालदेखि एिक कार्यकाल बहाक निरन्तर अध्यक्ष छन् । नेपाली काङ्ग्रेसको प्यानलले चन्द्रशेखर चौधरीको अध्यक्षतामा १२ वटै पद मा उम्मेदवारी दिइ चुनावी मैदानमा छ । दुइ हजार दुइ सय ४४ जना सेयर सदस्यहरु मतदाता रहेको चुनाब दुबै पक्ष आ–आफ्नो चुनाब चिन्ह लिएर सेयर सदस्यहरुको घर दैलोमा जाने र आफ्नो पक्ष मत माग्ने काम गरिरहेका छन् ।