धरान, नेपाल तामाङ घेदुङ सुनसरीले घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले र सुनसरी घेदुङका चौकीदार क्षेदबहादुर पाख्रिनलाई आर्थिक सहयोग गरेका छन् ।
घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, सुनसरी जिल्ला अध्यक्ष सुरज लामा पाख्रिन, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान र नगर सदस्य चित्रा पाख्रिनको पहलमासंकलित १ लाख ४२लाख ८ सय ५५रुपैया आर्थिक सहयोग गरेको हो ।
अध्यक्ष गोलेको उदयपुर गाइघाटस्थित दश धुर जग्गा सडक विभाग तथा नापीको लापारवाहीवाट सडकको नाममा पर्न गएकाले निजको आर्थिक अवस्था दयनीय भएकोले उनको घर निर्माण गर्नको लागि सहयोग गरीएको केन्द्रीय सल्लाहकार सुजेन्द्र गोलेले जानकारी दिए ।
त्यसैगरी नेपाल तामाङ घेदुङ सुनसरी, नेपाल तामाङ घेदुङ धरान, नेपाल तामाङ घेदुङ संस्कृति घेदुङ सुनसरी, नेपाल तामाङ घेदुङ धरान ८ र धरान १६ इकाईको पहलमा लामो समयदेखि मुटु र मृगौला सम्बन्धि रोगवाट ग्रस्त सुनसरी घेदुङका चौकीदार क्षेदबहादुर पाख्रिनलाई स्वास्थ्य उपचारार्थ २१ हजार रुपैया सहयोग गरीएको थियो ।
गोले र पाख्रिनलाई घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, सुनसरी जिल्ला अध्यक्ष सुरज लामा पाख्रिन, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान लगायतले प्रदान गरेका थिए ।