धरान संखुवासभा जिल्लाबाट धरान आएर विभिन्न पेशा व्यवसाय गदै आएका जिल्लावासीहरुको भेलाले धरान सखुवासभा सरोकार समाज गठन गरेको छ ।
शनिबार भएको भेलाले मिङमा भोटेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो ।
भेलाले समाजको उपाध्यक्षमा अन्जना राई, सविचमा ईन्दु नेपाल योन्जनलाई चयन गरेको छ ।
समाजको सहसचिव र कोषाध्यक्षमा मोनालिसा श्रेष्ठ,अनिता गुरुङ चयन भएका छन् । सदस्यहरुमा राजेन्द्र खड्का,बालजित राई,शान्तिराम राई, बिनोद राई,यादब सुवेदी,भोजराज कोईराला, रोशन बिक रहेका छन् ।
समाजले सखुवासभाबाट धरानमा आई बसोबास गरेका सखुवासभाबासीहरुलाई सगठित गर्ने र सामाजिक लोक कल्याणकारी काम गर्ने उद्देश्यले समाज गठन गरिएको अध्यक्ष मिङमा भोटेले बताए ।
समाजका सचिव इन्दु नेपाल योञ्जनले चैत्र १६ गते सखुवासभाबासीहरुको बृहत भेला तथा परिचयात्मक कार्यक्रम गर्ने निर्णय गरेको समेत जानकारी दिए । उनले भेलाबाट सवैको सल्लाह सुझाव लिएर थप कार्यक्रम वनाउने वताए ।