धरानः धरान–१५ स्थित मदन आश्रित मार्गमा आगलागी हुदा करिव १० लाख बरावरको क्षति भएकोछ ।
आगलागीमा परी बमबहादुर खड्काको कुखुरा फार्म पूर्णरूपमा ध्वस्त हुनुका साथै छेऊमा रहेको दुई घरमा सामान्य क्षति हुदा सो क्षति भएको हो ।
१ हजार लिटरको प्लाष्टिकको पानी ट्याङ्की, काठपात जलेर नष्ट भएको सञ्चालक खड्काले बताए । करिब १० लाख रूपैयाँ बराबरको क्षति भएको उनको भनाई रहेको छ । यस अघिको लटको कुखुरा विक्रि भइसकेकोले हाल १५ वटा मात्र कुखुरा रहेको र सो पनि जलेको खड्काले वताए । आगलागीको कारणबारे केही खुल्न सकेको छैन ।
छिमेकी शिवबहादुर श्रेष्ठ र प्रर्मिला शाक्यको घरको झ्याल ढोकालाई पनि आगोले क्षति पुरयाएको छ । स्थानीयले करिब ७० प्रतिशत आगलागी नियन्त्रणमा लिइसकेपछि धरानका ३ वटा, इटहरीको १ वटा दमकल आइपुगेको थियो ।