धरान÷ गुठीको जग्गा बेच्न किर्ते कागजपत्र बनाएको भन्ने आरोप बास्ताविकता नभएको धरान–१६का वडाध्यक्ष दिलकुमार गिरीले वताएकाछन् ।
उनले विहिवार प्रेश विज्ञप्ति जारी गरी वास्तविकता नबुझि आफ्नो नाम जोडिएको भन्दै आपत्ति समेत जनाएकाछन् ।
उनले आफ्नो कार्यालयमा सरकारी कागजात लिएर आएको मान्छेलाई सिफारीस दिएको तर उसले गलत नियतले किर्ते कागज बनाएको थाहा पाउन साथ मालपोत कार्यालयमा तत्काल आफै गएर जग्गा रोक्का गर्न तथा धनिपुर्जा लिएको भए खारेज गर्न सिफारीस गरेको दावी समेत गरेकाछन् ।
आफूहरुसँग पेस भएका प्रमाणहरु सक्कल वा नक्कली भन्ने छुट्याउने उपकरण वा संयन्त्र नभएकोले सो सिफारीस हुन गएको उनले स्पष्ट पारेकाछन् ।
उनले सिफारिस गरीदिनमा आफ्नो कुनै गलत नियत नभएको र सवै कागजात मिलाउदा चुस्त दुरुस्त भएकोले सिफारीस भएको र पछि जानकारी भएपछि वदर गराउन आफै मालपोत कार्यालय इनरुवा गएको समेत उनले वताएकाछन् ।
उनले आफूले घटनाको जानकारी गराउन ढिला भएको कारणले अरुले मौकाको फाइदा उठाएको दावी गदै सो वदर शुरुमा आफूले नै गरेको दावी समेत गरेकाछन् ।गिरीले उक्त सिफारीस तत्काल मालपोत कार्यालय सिफारीस कर्ताले कार्यान्वयन गर्नु भन्दा अगावै वदर गराएका थिए । उनले प्रमुख जिल्ला अधिकारीलाई समेत वदर गराएको जानकारी गराएका थिए ।
सो विषयमा आफू निदोर्ष रहेको दावी समेत गरेकाछन् । आगामी दिनमा जनताको काममा कतिपनि विचलित नभई सेवामा तल्लिन हुने प्रतिवद्धता समेत जनाएकाछन् ।
उनले जनप्रतिनिधिको हैसियतले गर्ने सेवामा आगामी दिनमा विगतमा भन्दा अझ प्रभावकारी ढंगले गदै जाने समेत उनले दावी गरेकाछन् । गिरीले सिफारीस वदर गराउन मालपोत कार्यालय इनरुवा पुगेपछि किर्ते सिफारीस गराउने गिरोह मध्येका ४ जना पक्राउ परिसकेकाछन् । उनले घटनाको वास्तविकता मालपोत कार्यालयलाई जानकारी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

के छ अध्यक्षको विज्ञप्तिमा

प्रेस विज्ञप्ति
मिति २०७५÷८÷२७ गते धरान १६ बसोबास गर्ने चन्द्र शेखर महादेब ९परियार०निजको नाममा रहेको दावी गर्दै साबिक बक्लौरि गा।बि।स। वार्ड नम्बर ९ ९घ०को कित्ता नम्बर १४ को ज।वि ०–१९–५ ऐ ऐ वडा नम्बर ९ ९ग० कि न २५७ को ज वि ०–३–५ जग्गाको हाल इटहरी उ म न पा १८ अन्र्तगत पर्ने ज ध श्रेस्ता पुर्जामा चन्द्रशेखर महादेब भन्ने चन्द्र शेखर महादेब परियारले मेरो नागरिकतामा चन्द्रशेखर महादेब परियार र बाबुको नाम काले महादेब परियार लेखिएकाले चन्द्र शेखर महादेब भन्ने चन्द्र शेखर महादेब परियार एउटै ब्यक्ति हो भनी मालपोत कार्यालय सुनसरी इनरुवाको नाममा दुबै नाम गरेको ब्यक्ति एउटै हो भनि सिफारीस गरिदिन माग गरेको निबेदनको साथमा निजको जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जारी भएको ना प्र नं २१६÷२१९९ को फोटोकपी, जग्गाधनि दर्ता श्रेस्ता प्रमाण पत्रको फोटोकपी संलग्न राखि निबेदन दिएकाले निबेदककोे माग बमोजिम यस वडा कार्यालयबाट २०७५÷८÷२७ गते श्री मालपोत कार्यालय इनरुवालाई निज परियारले पेश गरेको प्रमाणको आधारमा प्रमाण पुर्जामा फोटो टाँस गर्न त्यस मालपोत कार्यालयमा रहेको अभिलेख रुजु गरि प्रमाण पुर्जा उपलब्ध गराईदिन सिफारीस गरिएको थियो ।
निज परियारले २०७५÷८÷२७ मा पेस गरेको निबेदनमा गलत नियत राखि सिफारीस माग गरि लगेको भन्ने सुन्नमा आएकाले जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी जारी नभएको भए रोक्का राखिदिनु हुन साथै जारी भई सकेको भए उक्त जग्गा धनि दर्ता प्रमाण पुर्जा बदर गरिदिनु हुन २०७५÷१०÷१५ गते पुनः मालपोत कार्यालय इनरुवा सुनसरीका नाममा सिफारीस गरिएको थियो ।हाल आएर बिभिन्न सञ्चार माध्यममा वडा कार्यालयले गरेको सिफारीस र वडाध्यक्षका बिषयमा आएका समाचारहरु प्रति गम्भिर ध्यानाकर्षण भएको छ । सार्वजनिक भएका समाचारहरुमा उल्लेख भए अनुसार वडा कार्यालय र वडाध्यक्षले मिलेमतो गरेको वा कुनै प्रकारको दबाब वा प्रभाबमा परि सिफारीस गरेको नभई पेस भएका प्रमाण आधारमा सिफारीस भएको र पेस भएका प्रमाणहरु नक्कली भन्ने छुट्याउने उपकरण वा संयन्त्र नभएकोले सो सिफारीस हुन गएको हो ।
निबेदकले गलत मनशायले सिफारीस लिएको जानकारी पाउन साथ यस कार्यालयबाट सम्बन्धित निकायमा पत्रचार गरिएको सम्पुर्ण सञ्चारकर्मि मित्रहरु मार्फत अनुरोध छ । नागरिकलाई छिटो,छरितो र सुबिधायुक्त सेवा प्रबाह गर्दा गर्दै वडा कार्यालय तथा वडाध्यक्षलाई झुक्यानमा परेको र यसमा वडा कार्यालय,वडाध्यक्ष तथा स्थानीय जनप्रतिनिधीको कुनै गलत मनसाय नरहेको यसै विज्ञप्ति मार्फत वडाबासी,नगरबासी तथा सञ्चारकर्मि मित्रहरुलाई स्पस्ट पार्न चाहान्छु । यसको अनुसन्धान समेत प्रहरीबाट भई रहेकाले प्रशासनलाई आवश्यक पर्ने सहयोग गर्न वडाध्यक्ष तथा वडा कार्यालय सदैव तयार रहेको समेत अनुरोध छ ।
दिलकुमार गिरी– वडाध्यक्ष
धरान–१६