धरानः नेपालका आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष गोविन्द छन्त्यालले सास्कृतिक आन्दोलनलाई राजनीतिक क्रान्तिमा परिणत नगरी अधिकार प्राप्त गर्न नसकिने वताएकाछन् ।
आदिवासी जनजाति सरोकार समाज, नेपालले धरानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन् । सवै जातिहरुले आफ्नो सामाजिक, धार्मिक एवम् सांस्कृतिक आन्दोलन विषयलाई जवसम्म राजनीतिक क्रान्तिमा रुपान्तरण गर्न सकिदैन तव सम्म जनजातिले अधिकार प्राप्त गर्न नसक्ने ठोकुवा समेत गरेकाछन् ।
उनले अहिले पनि आदिवासी जनजातिका मूद्दाहरु थांती नै रहेकाले संविधान, मुलुकी संहिता ऐन लगायतमा भएका विभेदकारी व्यवस्थाहरु संशोधन गर्दै तथा राज्यवाट गरिंदै आएको भाषिक, सांस्कृतिक, धार्मिक विभेदकारी व्यवहार सच्याउनु पर्नेमा जोड दिएका थिए ।
प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न कार्यान्वयनमा जोड दिनुपर्नेमा नेतृत्वको ध्यान जानुपर्ने उनको भनाई रहेको छ ।
अहिले पनि आदिवासी जनजातिहरु माथि विभेद कायमै भएतापनि महासंघको संगठानात्मक संरचना र आन्तरिक कमी कम्जोरीका कारण भूमिका प्रभावकारी नदेखिएको भन्दै महासंघ नेतृत्वप्रति असन्तुष्टि समेत पोखेका थिए ।
समाजका अध्यक्ष सुजेन्द्र तामाङको अध्यक्षतामा भएको अन्तरक्रियामा किरांत याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष कमल तिगेला, भुजेल समाज सेवा समितिका केन्द्रिय उपाध्यक्ष राजकुमार भुजेल, तमू ह््युल छोंज धींका केन्द्रिय सह–महासचिव डम्वर तमु, नेपाल मगर संघका केन्द्रिय सदस्य शारदा थापा मगर, नेपाल आदिवासी जनजाति महासंघका पूर्व जिल्ला अध्यक्ष ङावा लप्टु लामा शेर्पाला,वर्तमान जिल्ला सदस्य भोला श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।