धरान / करिव डेढ दशक लामो समय पत्रकारीतामा लगानी गरेका युवा पत्रकार गोपाल दाहाल ब्लाष्ट टाइम्स दैनिकको सम्पादकमा नियुक्त भएकाछन् ।
धरानलाई आफ्नो पत्रकारीताको शुरुवाती थलो वनाएका दाहाललाई पुर्वक्षितिज प्रकाशन प्रालिले उनलाई पत्रिकाको सम्पादकमा नियुक्ति गरेको हो ।सुनसरीको वराहक्षेत्र स्थायी घर भएका दाहाल केही समय अघि राजधानीमा पनि पत्रकारिता गरेर करिव तीन महिला अघि धरान फर्किएका थिए । कान्तिपुर साप्ताहिक,शुक्रवार साप्ताहिक,अनलाइन खवर लगायतका विभिन्न मिडिया समेत दाहालले काम गरी अनुभव समेत हासिल गरीसकेकाछन् । उनी साहित्य क्षेत्रमा समेत कलम चलाउछन् । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद समेत हुन् । उनी व्यवसायिक पत्रकारकोरुपमा परिचित छन् ।
धरानका युवा पत्रकारहरु माझ उनी निकै लोकप्रिय मानिन्छन् ।