धरानः प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले ‘किरात’ इतिहास सभ्यता र सस्कृति भएकोले किरात शब्दप्रति कसैको फरक धारणा नभएको जिकिर गरेकाछन् ।
किरात राई यायोक्खाको १० औं महाधिवेशनको शनिवार धरानमा उद्घाटन गदै मुख्य मन्त्रीले सो जिकिर गरेका हुन् ।
राईले किरात भन्ने शव्द इतिहास, सभ्यता, भूगोल, संस्कार, संस्कृति हो भन्ने भएकोले विमति गर्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारेका थिए ।
प्रदेशको राजधानी र नामाङ्कनका विषय चर्चाको केन्द्रमा रहेको बताउँदै यस विषयमा तिव्र रुपमा छलफल भइरहेको वताए ।
दुवै विषय हिउदे अधिवेनबाट दुई तिहाइ बहुमतले टुङ्ग्याउँजे उनले दावी समेत गरेकाछन् ।
उनले आर्थिक भार वढेको नाममा संघीयता तुहाउने षडयन्त्र भइरहेकोले सवै सचेत रहनु पर्नेमा जोडदिएका थिए ।
कार्यक्रममा प्रदेश नं। १ का सभामुख प्रदीपकुमार भण्डारीले २५ लाख हस्ताक्षर सङ्कलन गरेर दिएको स्मरण आफूसँग ताजै रहेको बताए । दुई तिहाइ बहुमतले प्रदेशको नाम र राजधानी तोकिने उनको भनाई थियाृे ।। ‘संविधानले दिएको अधिकार अनुसार दुई तिहाइले फैसला गर्ने र सभामुखले घोषणा गर्ने भन्दै ‘सबैको भावनालाई कदर गर्दै विवेकपूर्ण निर्णय हुने उनले स्पष्ट पारे ।भानुचोकमा आयोजित समारोहमा प्रमुख अतिथि एवं मुख्यमन्त्री राईले ढोल र प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले झ्याम्टा बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए । महाधिवेशन उद्घाटन अघि विसाल झाँकीसहित र्याली निस्किएको थियो ।
१८, १९ र २० गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ ।
महाधिवेशनमा १ हजार भन्दा बढी प्रतिनिधि पर्यवेक्षकले सहभागिता रहेको छ । देशभरिका २६ जिल्ला कार्य समिति, २८ भाषिक, थरगत संस्था, ८ भातृ सङ्गठन, ८ सम्बन्ध संस्था तथा भारत, हङकङ, बेलायत, अमेरिका, अष्टे«लिया, जापान, क्यानडा, दक्षिण कोरिया, वेल्जियम, युरोप, कतार, मेलेसिया, दुबई लगायत –१७ वटा विदेशका शाखाबाट प्रतिनिधि पर्यवेक्षकले सहभागिता रहेको केन्द्रीय अध्यक्ष तिलक राईले जानकारी दिए ।