धरान÷सुनसरीले लोकनृत्य प्रतियोगिताको उपाधी हात पार्न सफल वनेको छ ।
अन्तर्राष्ट्रिय हरियाली मञ्च सांस्कृतिक समूह सुनसरीले आयोजना गरेको लोक नृत्य प्रतियोगितामा अन्य जिल्लालाई पछि पार्द सुनसरी प्रथम हुन सफल भएको हो । प्रथम विजेता बन्दै सुनसरीले नगद ४० हजार रुपैयाँ सहित नटराज र प्रमाणपत्र प्राप्त गरेको छ । सुनसरीको समुहले नेपाली पुर्खौली नृत्य प्रस्तुत गरेको थियो ।
प्रतियोगितामा झापा दोस्रो हुन सफल भएको थियो ।झापाले सन्थाल नृत्य प्रस्तुत गरेको थियो । झापाले नगद ३० हजार, नटराज र प्रमाणपत्र प्राप्त गरेको छ ।
ताप्लेजुङले नगद २० हजार, नटराज र प्रमाणपत्र प्राप्त गरी तेस्रो स्थान हात पार्न सफल वनेको थियो । लिम्बू जातिको परम्परागत नृत्य प्रस्तुत गरेका पाचथर जिल्लाले सान्त्वना पुरस्कार स्वरूप नगद १० हजार, नटराज र प्रमाणपत्र प्राप्त गरी चित्त वुझाउनु परेको थियो ।
प्रतियोगिताको निर्णायकमा सरस्वति योगि, माया सुनुवार र अतिथि निर्णायकमा प्रचण्ड पौडेल रहेका थिए । प्रतियोगितामा प्रदेश नम्बर १ का विभिन्न जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिता धरानको सैनिक भवनमा सम्पन्न भएको थियो ।
वातावरणीय सरसफाइ जनचेतना सम्बन्धि काम गर्ने उद्देश्यले स्थापना भएको मञ्चले आगामी दिनमा खेलकुदको क्षेत्रमा समेत कार्य गर्दै जाने योजना रहेको सांस्कृतिक समूहकी अध्यक्ष कुमारी नाछिरीङ रार्इले वताइन ।
उक्त कार्यक्रमबाट उभ्रेको रकम वैदेशिक रोजगारमा रहेको बेला घरेलु हिंशामा परेकी भोजपुर घर भै हाल धरान ११ मा बस्दै आएकी शान्ता राईको सहयोगमा समर्पित गरीएको अध्यक्ष राईले जानकारी दिएकी छिन् । उनलार्इ जिविकोपार्जन गर्न सक्ने प्रकारको सहयोग गरीने उनको भनाई रहेको छ ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय हरियाली मञ्चकी केन्द्रिय अध्यक्ष सुलोचना रोक्का मगर प्रमुख अतिथी रहेकी थिइन् । विशेष अतिथिमा अन्तर्राष्ट्रिय हरियाली मञ्च नेपालका राजदुत विशाल राई रहेका थिए ।