धरानः किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।
महाधिवेशनमा १ हजार भन्दा बढी प्रतिनिधि पर्यवेक्षकले सहभागिता जनाउने आयोजकले जनाएको छ । देशभरिका २६ जिल्ला कार्य समिति, २८ भाषिक, थरगत संस्था, ८ भातृ सङ्गठन, ८ सम्बन्ध संस्था तथा भारत, हङकङ, बेलायत, अमेरिका, अष्टे«लिया, जापान, क्यानडा, दक्षिण कोरिया, वेल्जियम, युरोप, कतार, मेलेसिया, दुबई लगायत १७ वटा विदेशका शाखाबाट प्रतिनिधि पर्यवेक्षकले सहभागिता जनाएकाछन् ।
आजबाट शुूरु हुने महाधिवेशन फागुन १८ देखि २० गतेसम्म धरानमा चल्नेछ । महाधिवेशनको उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम छ ।
छैटौं राष्ट्रिय सम्मेलनदेखि नै किरात प्रदेशको माग उठाउँदै आएको किरायाले महाधिवेशनकै अवसरमा पनि सोही मागलाई निरन्तरता दिदै विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । इतिहास भूगोल, संस्कृति र सभ्यताको आधारमा प्रदेशसभाबाट प्रदेश नं. १ को नामाकरण गर्दा किरात प्रदेश गराउन महाधिवेशनले उद्घोष गर्ने अध्यक्ष तिलक राईको भनाई रहेको छ । उनले किरात प्रदेश नभए विशिष्ट खालको आन्दोलनको घोषणा गर्ने चेतावनि समेत दिएकाछन् ।
महाधिवेशनको २८ लाखको अनुमानित बजेट रहेको आयोजकले जनाएको छ