धरान÷होराइजन इन्जिनियरिङ कलेज (प्रा.लि.)का प्रवन्ध निर्देशक इन्जिनियर लाल बिक्रम थापाले युबा बर्गमा बढदै गएको बिकृती र बिसङगती लाइ रोक्नु पर्ने अहिलेको आवस्कता रहेको वताएकाछन् ।
विश्वशान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल सुनसरी शाखाले इटहरीमा आयोजना गरेको २ दिने एकीकृत सिद्धान्त नेतृत्व सेमिनारको समापन कार्यक्रममा शनिवार वोल्दै सो कुरा वताएका हुन् ।
अबको हरेक युवा अनुसासित,नैतिकवान र चरीत्रवान बनि रास्ट्रको एक जिम्मेवार नागरिक बन्नुपर्नेमा उनको जोड थियो ।।विश्वशान्ती तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल सुनसरि शाखाको आयोजनामा इटहरीमा शान्ति स्थापना गर्न युवा र विद्यार्थीको भूमिका के हुने भन्ने नारा सहित एकीकृत सिद्धान्त नेतृत्व सेमिनार सम्पन्न भएको थियो । उक्त सेमिनारमा विभिन्न क्षेत्रका दुई दर्जन युवाहरुलार्इ सस्थाका सुनसरी संंंयोजक तथा प्रशिक्षक श्री ,राम बहादुर लिम्बु,प्रशिक्षक असोक कुमार चौधरी ,लोक बहादुर गिरि,सामाजिक तथा के.आइ.सि.अभियान्ता पुस्कर थापा र युवा ब्यवसायी लक्ष्मण कार्किले एकीकृत जिवन शैली,बैज्ञानिक र समयसामयिक मुल्य मान्यता ,जिवन उपयोगी ,व्याबहारिक र सन्तुलित शिक्षाको बिकासको बारेमा प्रशिक्षण दिएका थिए । बिज्ञान र प्रविधिको विकास संगै मानिसमा आन्तरिक सद्गुण र सच्चरित्रताको बढोकत्तरी हुन नसक्दा मानवीय मुल्य मान्यतामा ह्रास आएकोले परिवर्तित समाजको नेतृत्व गर्न सक्ने युवा विकास र युवा शसक्तिकरणको विषय दिनानुदिन चुनौति बन्दै गइरहेको वताएका थिए ।
जुन गतिमा विज्ञान र प्रविधिको विकास भैरहेको छ,त्यसको वेगलार्इ थेग्नका लागि सोहि मात्रामा नैतिक मुल्य मान्यता र आदर्श शिक्षाको विकास हुनु पर्नेमा उनको जोड थियो ।मानिसहरूमा,विशेषत,युवा पुस्तामा नैतिक मुल्य मान्यता र जिवनको गुणात्मक पक्ष गौण बन्न पुगेको छ।जस्को कारण आजको युवा पुस्तामा दिनानुदिन स्वार्थी ब्यक्तिवादी चिन्तन, यौनजन्य अपराध र विभिन्न दुर्व्यसनी जस्ता असरहरु देखिएका छन् ।
त्यसको निराकरणका लागि विस्वसान्ती तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघले बिगत लामो समय देखी देश व्यापी रूपमा यस्ता खालका युवा नेतृत्व तालिमहरु संचालन गर्दै आइरहेको सस्थाका सुनसरी संयोजक राम बहादुर लिम्बुको भनाई रहेको छ ।
तालिममा सहाभागिहरुले यो दुई दिने सेमिनारले आफुहरुमा नैतिक जागरण ल्याउनुका साथै एक चरीत्रवान र जिम्मेवार नागरिक बन्नुको लागी पर्याप्त खुराक मिलेको बताएका थिए । पुष्प थापाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रम लक्ष्मण कार्किले संचालन गर्नु भएको थियो।