भोला श्रेष्ठ
धरान÷ लाहुरेको शहरको उपनामले कुनै समय चिनिने धरानको यतिवेला परिचय फेरीदै गएको छ । पछिल्लो समय धरानका हरेक घरमा फूलको सुगन्ध फैलिन थालेको मात्रै छैन । प्रत्यके घरमा फूलवारीले शोभ दिन थालेको छ ।
फूलवारीको शहर उपनामलाई सार्थक वनाउन धरानमा आयोजना गरीदै आएको पुष्प प्रदर्शनीले थप मद्धत पु¥याएको छ ।
विगत तीन वर्षदेखि धरानमा पुवाञ्चल मेला तथा यस वर्ष प्रदेश स्तरीय पुष्प प्रदर्शनी तथा व्यापार मेला सञ्चालनमा रहेको छ ।
फागुन ७ गते देखि शुरु भएको उक्त पुष्प मेलामा चौथो दिनसम्ममा करिव ५० लाख भन्दा वढीको कारोवार भएको आयोजकले जानकारी दिएको छ । १ नम्वर प्रदेश स्तरीय पुष्प प्रदर्शनी तथा व्यापार मेला नाम दिइएको मेलामा करिव ५० हजार दर्शकले अवलोकन गरेको कार्यक्रम संयोजक प्रेम पराजुलीले वताए ।
उनका अनुसार धरानका पुष्प प्रेमी बाहेक बराहक्षेत्र नगरपालिका,बेलका नगरपालिका उदयपुरका विद्यालय साथै पूर्वका विभिन्न क्षेत्रबाट अवलोकनमा सहभागी रहेकाछन् ।
शनिवारसम्म सञ्चालन हुने सो मेलामा मोरङको विराटनगर, झापाको दमक लगायतका नर्सरी व्यवासारीहरुले आफ्नो उत्पादनको स्टल राखेकाछन् ।
नर्सरी व्यवासायी तथा कृषकहरुलाई यो व्यवसायप्रति आर्कषण गर्न र गरीरहेकाहरुलाई थप प्रोत्साहन गर्नको लागि  मेला आयोजना गरीदै आएको संयोजक पराजुलीको भनाइ रहेका छ ।
मेलालाई सफल वनाउनको लागि धरान नगरपालिका,कृषि मन्त्रालय विराटनगर,बराह नगरपालिका र इनरुवा नगरपालिकाको सहयोग रहेको छ । मेला अपेक्षा गरेभन्दा धेरै प्रभावकारी वनेको फ्लोरीकल्चर एशोसिएसन नेपाल सुनसरीका अध्यक्ष खगेन्द्र पोख्रेलले वताए ।
मेलाले व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै उत्साहित समेत वनाएको उनको भनाई रहेको छ । धरान–१२ स्थित अमान बजारमा सञ्चालन भएको मेलाको समापन शनिवार हुनेछ । प्रत्येक शहरलाई फूलको शहर वनाउने संस्थाको उदेश्य रहेको फ्लोरीकल्चर एशोसिएसन नेपाल १ नं. प्रदेश संयोजक तथा मेला संयोजक समेत रहेका पराजुलीको भनाई रहेको छ ।