सुनसरी÷ गत मंसिर ५ गते विहान मनिङ वाकका क्रममा हत्या गरीएका सुनसरीको दुहबी–९ छाताबेलीका फिदा हुसैनका हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले विहिवार पत्रकार सम्मेलन गर्दै ५४ वर्षीय हुसैनको हत्यामा २८ वर्षीय मोहम्मद सकिम हुसैन, ६० वर्षीय विशम्बर यादव र ३१ वर्षीय मोहम्मद जावीर हुसैनलाई पक्राउ गरिएको जनाएको छ।
पक्राउ गरिएका दुवै हुसैन छाताबेली, दुहबी ९ र यादव भने दुहबी १२ सीतापुर निवासी भएको बताइएको छ।
फिदा हुसैन हत्याप्रकरणमा मुख्य योजनाकारमा सकिम हुसैन र जाविर हुसैन रहेको प्रहरीले जनाएको छ। त्यसैगरी सीतापुरका यादवले घटनामा प्रयोग गरिएको हतियार लुकाए थिए।
यादवले घटनाका क्रममा प्रयोग गरेको हतियार दुहबी १२ स्थित लक्ष्मीनारायण मन्दिर परिषरमा रहेको नरिवलको रुख मूनि गाडेर राखेका थिए।जसलाई प्रहरीले फेला पारेको थियो।
घटनामा संलग्न भनिएका अर्का एक ब्यक्ति भने बांकेबाट पक्राउ परेको बताइएको छ। सुनसरी प्रहरीका अनुसार, घटनामा संलग्न दुहबी ९ का जप्फर मियांलाई बांके प्रहरीले पक्राउ गरेको र सुनसरी ल्याउने क्रममा रहेको छ। हुसैनको हत्यामा संलग्न तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट ४ दिनको म्याद थप गरि अनुसन्धानमा राखिएको सुनसरी प्रहरीले जनाएको छ।