धरान÷कुनैपनि वैकबाट पैसालिदा सवै पैसाको वुड. गन्न पर्ने अवस्था श्रुजना भएको छ । वन्डल भित्रको नोटमा कर्मचारीको असावधानीका कारण ग्राहकले दुःख पाउनु पर्ने अवस्था श्रृजना हुन थालेको छ ।
धरानको एसविआई वैकबाट लिइएको १ लाखको वन्डल भित्र १ हजारको नोटमा छेउ च्यातिएको भेटिएको छ ।
धरानका मेडिकल रिप्रेजेन्टिभ धिरेन कुवरले शुक्रवार दिउसो १२ पछि लिएको वन्डलमा रहेको नोट मध्ये १ हजारको नोटको छेउको भाग नै नरहेको र सो भाग कागजले छोप्नेपटी राखीएकोले वैक कर्मचारीको नियत खराव हो कि भन्ने देखिएको उनले वताए ।
उनले भने–मैले पैसा लिएर आए पछि भुक्तानी गर्ने बेलामा निकाल्दा थाहा भयो ।
उनले वैकले पैसा जस्तो कुरामा लापारवाही गर्न नहुने उनको भनाइ रहेको छ ।
यस अघि हिमालयन वैकबाट निकालीएको १ हजारको लाख रुपैयाको वन्डलमा
५ सयको नोट भेटिएको थियो ।
च्यातिएको नाृेटको वषयमा एसविआई वैक धरान शाखाका प्रमुख अमित कोइरालाले बैंक कर्मचारीको नियत गलत नभएको तर मानवीय कमजोरीका कारण त्यस्तो भएको र आफ्नो वैकबाट त्यस्तो भएको भए अर्को नया नोट उपलब्ध गराउने बताए ।