धरान ÷ धरान उपमहानगरपालिका वडा नं. १६ मा निःशुल्क आखा शिविर तथा दन्त शिविर सम्पन्न भएको छ ।
श्रेया चश्मा घरको प्राविधिक सहयोगमा आखा तथा बराह डेन्टलको प्राविधिक सहयोगमा शनिबार दातको परिक्षण गरीएको थियो ।
शिविरमा १सय ५७ जनाले आखा परिक्षण गराएको वडा सदस्य दिपक आर्चायले जानकारी दिए ।उनका अनुसार ९२ जनाले दात परिक्षण गराएका थिए ।
आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनले बताए ।
आगामी दिनहरुमा पनि अन्य वडामा पनि यस्ता कार्यक्रम गदै जाने चश्मा घरका सञ्चालक सुनिल गुरागाईले बताए ।चश्मा घरले यसअघि पनि ६ नं. वडामा समेत शिविर सम्पन्न गरिसकेको छ