विराटनगर /किरात समुदायले बनाउने उधौली र नेवारी समुदायले मनाउने योमरीको अवसरमा प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले शुभकामना सन्देश व्यक्त गरेका छन् ।
भौगोलिक तथा सांस्कृतिक विविधताले भरी पूर्ण प्रदेश १ मा विभिन्न जातजाति तथा समुदायका चाडपर्वहरुले हामीमा भातृत्व, सद्भाव र एक आपसमा समानता कायम गरेको भन्दै सभामुख भण्डारीले प्रदेशवासीमा उल्लासमय पूर्ण चाढ बनाउन शुभकामना व्यक्त गरेका हुन ।
सांस्कृतिक पर्वहरुले प्रदेशको सामाजिक, सांस्कृतिक पक्षलाई उजागार गरे सन्देशमा भनिएको छ ।

यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पनि शुक्रबार नै विज्ञप्ति जारी गरि शुभकामना व्यक्त गरेका छन् ।
उनले उच्च हिमाली भेगबाट न्यानो ठाउँमा बसाई सराई गर्ने पर्वको रुपमा किरात समुदायले र अन्नपूर्ण भगवानको पुजा अर्जना गरि योमरी पूर्णिमा मनाईने यो विशेष मंसिरे पूर्णिमाको अवसरमा सुख सम्वृद्धिको शुभकामना व्यक्त गरिएको छ । आजदेखि विभिन्न कार्यक्रम गरेर चार किरातहरुले उधौली पर्व बनाउदैछन् ।