धरानः प्रदेश नं। १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बैङ्कमा सर्वसाधारणको सहज पहुँच अझै पनि हुन नसकेको बताएकाछन् ।
कैलाश विकास बैङ्कको ७० औं शाखा उद्घाटन कार्यक्रममा वोल्दै मन्त्रीले आङ्वोले शुक्रबार धरानमा सो कुरा वताएका हुन् ।वैंकमा अझैपनि सिण्डिकेट प्रथा कायम रहेको वताउदै सरकारले सिण्डिकेट हटाएर छाडने जिकिर गरेकाछन् । बैङ्कलाई विकास र समृद्धिको बाधक भएको आरोप लगाउदै ‘बैङ्कको बदमासीको कारणले नै तरलताको सिर्जना भइरहेको उनले दावी गरेकाछन् ।
नेपालका निजी वैंकहरु उद्देश्यमा विचलित रहेको र अनुत्पादक क्षेत्र गाडी, घर लगायतमा लगानी गरिरहेको उनको भनाई रहेको छ ।
सरकार लगानी मैत्री कार्यक्रम ल्याउने तयारी गरेको बताउँदै कानुनी व्यवधान हटाएर लगानी सम्मेलन गर्ने उनले जानकारी समेत दिएकाछन् ।
उनले वित्तीय संस्थासँग सहकार्य गरेर अघि बढ्ने बताउँदै कैलाश बैंक शाखा र सेवाको हिसाबले अब्बल रहेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै सुनसरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष विजय श्रेष्ठले उद्योग, व्यापार र व्यवसाय जस्ता नयाँ नयाँ आकर्षक कार्यक्तम ल्याए हातेमालो गर्न वाणिज्य संघ तयार रहेको वताए । उनले धरानमा धेरै बैङ्क खुलेपनि उनीहरु सामाजिक उत्तरदायित्व बहन गर्न तर्फ भने चुकेको आरोप लगाए । ‘सामाजिक उत्तरदायित्व बहन गर्न कैलाश बैङ्क लाग्नुपर्नेमा सुझाव दिएकाछन्
कार्यक्रममा बोल्दै बैङ्कका सहायक महाप्रबन्धक सूर्यप्रसाद तिवारीले २०५० सालमा ३० लाख चुक्ता पुँजीबाट शुरु भएको बैङ्क हाल २ अर्ब ५२ करोड चुक्ता पुँजीको बैङ्क भएको वताउदै २२ अर्ब ३८ करोड कर्जा लगानी गरेको जानकारी दिए । उनले यस वैंकले विकास बैङ्को रुपमा काम गर्दै आएको बैङ्कले १सय बढी शाखा खोल्ने लक्ष्य राखेको वताए । पूर्व झापादेखि पश्चिम महाकालीसम्म फैलिएको बैङ्कको पोखरामा १३ र काठमाडौंमा १३ शाखा रहेको सुनाए ।
तिवारीका अनुसार अधिकतम ब्याज दिने, कृषि, व्यवसाय, उद्योग, पर्यटनका क्षेत्रमा लगानी गर्ने बैङ्कको उद्देश्य रहेको छ ।सामाजिक उत्तरदायित्व बहन गर्न बैंक पछि नपर्ने प्रतिवद्धता समेत जनाएकाछन् । ‘कसैले सामाजिक क्षेत्रको विकासको प्रस्ताव लिएर आएमा स्वतः पारित गरीदिने स्पष्ट पारेकाछन् ।
धरानमा करिव डेढ दर्जन भन्दा वढी वैंकिङ सेवाहरु रहेकाछन् । लाहुरेहरुको शहर उपनामले चिनिने धरानमा वैंकहरु खुल्ने क्रम तिव्र रुपमा रहेको छ ।
वैकिङ क्षेत्रको लागि धरान उर्वर भूमि मानिन्दै आएको छ ।