• अन्सार अन्सारी 

इनरुवा ।सुनसरी भोक्राहा नरसिंह गाउपालिकमावार्ड न.२ मा  आज मंलबार सुनसरी प्रहरीले अवैध गाँजा खेती लगाएको थाहा पाएपछि गाँजा फडानी गरेकाछन ।

भोक्राहा नरसिंह स्थित बिभिन्न ब्यक्तिहरुले  लुकाईछिपाई खेतबारीमा लगाएको करिब १ हजार गाँजाको बोट फडानी गरि नष्ट गरेका छन् ।

गाँजा फडानीका लागि अभियान नै सञ्चालन गरिएकाले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने  भोक्राहाचोकी इन्चार्ज असई देवकुमार यादवले बताए ।गाउँ घरमा  गाँजा लगाएको हुनाले बालबालिका माथी हुने गरेको लागुअाैषधमा संगलङगता बडेको हुनाले गाँजा नष्ट गर्न लागेको यादवले बताए ।

गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने समेत यादवले  वताएका छन् ।