इटहरी, १८ मंसिरः नेपाल तामाङ घेदुङ, इटहरी उपमहानगर कार्यसमितिको अध्यक्षमा चन्द्र गोम्देन पुनः सर्वसम्मत चयन भएकाछन् ।
इटहरी घेदुङको सातौं अधिवेशनवाट गोम्देन लगायत सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मत चयन भएका हुन् ।
खुला उपाध्यक्षर महिला उपाध्यक्षमा क्रमस देव गोम्देन र मैंया घिसिङ चयन भएकाछन् । सचिवमा जानुकला पाख्रिन, कोषाध्यक्षमा सिता गोले, सह–सचिवमा रामकुमार मोक्तान सर्वसम्मत चयनभएका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रेम तितुङ, पदम मोक्तान, ज्योती घिसिङ, तिला पाख्रिन, गणेश सिंगार, सन्त घिसिङ, पदम ग्याबा, लाखमान योञ्जन, दिलकुमार योञ्जन र दिपा घिसिङ सर्वसम्मत चयन भएका छन् ।
नवनिर्वाचित सबैलाई प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रिय सल्लाहकार सुजेन्द्र गोलेले सपथ गराएका थिए ।
अध्यक्ष गोम्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोले, प्रदेश समितिका कार्यवाहक सचिव मणि तितुङ, सुनसरी जिल्ला अध्यक्ष सुरज पाख्रिन, इटहरी नगर उपाध्यक्ष देव गोम्देन लगायतले मन्तव्य राखेका थिए ।