इटहरी । सुनसरीको इटहरीमा व्यवसायि माथि छुरा प्रहार भएको छ ।
इटहरीको बिराटनगर लाईनस्थित एक्टिभ मनि ट्रान्सफरका संञ्चालक सविन दाहाललाई अज्ञात व्यक्तिले छुरा प्रहार गरी नगद लुटेर भागेका हुन ।
मुखमा कालो पट्टी बाधेर आएका व्यक्ति र संञ्चालक बिच केही समय घम्साघम्सी समेत भएको थियो । सो क्रममा लुटेराले संञ्चालक लाई छुरा प्रहार गरी घाइते बनाएर काउन्टरमा रहेको नगद समेत लुटेर फरार भएका थिए । मनि ट्रान्सफरसगै रहेको मेघा डेण्टलका डा। तृप्त नारायण यादवले घाइते संञ्चालकलाई अस्पताल पुर्याएका थिए ।घाइते दाहालको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
केही मिटरको दुरीमा प्रहरी बिट रहेको भएपनि घटना भएको आधा घण्टापछि मात्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय इटहरीले घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ । कुनैपनि घटनामा प्रहरी समयमा नपुग्ने गरेकोले अपराधी उम्कने गरेको छ ।