धरान÷ रेडियो धरानका बजार व्यवस्थापक विकी श्रेष्ठमाथि सोमबार साँझ आक्रमण भएको छ । युवाहरूको एक समुहले धरान २० स्थित चिण्डेडाँडाबाट फर्कदै गरेका श्रेष्ठ माथि वोतल प्रहार गरी आक्रमण गरेको हो ।
धरान १३ स्थित झोलुङे पुल छेऊमा वेलुकी सवा ८ वजे ७÷८ जनाको नचिनेका युवाहरुको समुहले पछाडिबाट आक्रमण गरेको रेडियो धरानका स्टेशन मेनेजर शिशिर राईले जानकारी दिए ।
श्रेष्ठ उद्यमशील वचत तथा ऋण सहकारी सस्था लिमिटेड धरानको वार्षिक साधारण सभाको धरान २० स्थित चिण्डे डाँडाबाट समिक्षा कार्यक्रम सकेर फर्कने क्रममा श्रेष्ठमाथि एक्कासी पछाडीबाट आक्रमण भएको राइले जानकारी दिए ।
युवाहरुले वियरको वोतल प्रहार गरेका थिए । वोतल प्रहारबाट श्रेष्ठको टाउकोको दाहिने भागमा चोट लागेको छ । उनको अवस्था भने सामान्य रहेको छ ।
आक्रमणकारी भागेकाले प्रहरी चारैतिर खोजी कार्य जारी राखेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । श्रेष्ठ औजार दैनिक धरानमा मार्केट शाखामा काम गर्छन भने रेडियो धरानका वजार व्यवस्थापक समेत हुन् ।