खोटाङ। खोटाङ सदरमुकाम स्थित रत्नपार्कका अग्नीपीडित शिक्षक कृष्णकुमार श्रेष्ठलाई सरस्वतिमावि दिक्तेलले राहत रकम प्रदान गरेको छ ।पुनःस्थापित गर्ने उदेश्यले सरस्वती मावि दिक्तेलले संकलन गरेको राहत रकम प्रदान गरेको हो ।
गत कातिक २३ गते भएको आगलागीबाट बिस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कका शिक्षक श्रेष्ठलाई विद्यालय, विद्यार्थी, शिक्षक, पूर्वशिक्षक र व्यवस्थापन समितिका पदाधिकारीले संकलन गरेको रु.३ लाख ९१ हजार ७ सय २० रकम सोमबार प्रदान गरिएको हो ।
एक लाख ८० हजार, विद्यार्थीबाट रु. १ लाख ३२ हजार ७सय २०, सो विद्यालयका पूर्वशिक्षकबाट रु. ४५ हजार, विद्यालयकातर्फबाट रु. २५ हजार र व्यवस्थापन समितिका पदाधिकारीबाट रु.९ हजार रकम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक ध्यानबहादुर राईले बताएकाछन् । श्रेष्ठ सरस्वति माविका शिक्षक हुन । आगलागिबाट एक करोड २५ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
रत्नपार्कका अम्बिका बुढाथोकीको घरबाट शुरु भएको आगोले श्रेष्ठ र बुढाथोकीको घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको थियो ।