विराटनगर ÷प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले झापाको शिवसताक्षी–७ मा भएको आगलागीमा परी एउटै परिवारका चार जनाको मृत्यु भएको घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
सताक्षीधाममा धार्मिक अनुष्ठान सोमबार उद्घाटन गर्ने क्रममा उहाँले दिवङ्गत भएका चारै जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना दिएको दिएका हुन् ।
आगलागीमा परी एकै परिवारका काखे बालकसहित चार जनाको मृत्यु खबरले मलाई मर्माहत तुल्याएको छ । मुख्यमन्त्री राईले शोक बक्तव्यमा भनेकाछन् । प्रदेश सरकारले मृतकको परिवारलाई राहत प्रदान गर्ने समेत राईले उल्लेख गरेकाछन् ।
कार्यक्रममा सङ्घीय सांसद एलपी सावा, नगरप्रमुख चन्द्रकुमार शेर्मा, प्रदेश सांसद झलकसिंह दर्लामी लगायतले सो घटनाप्रति गहिरो शोक व्यक्त गरेका थिए । आगलागीमा परी मृत्यु भएका ३५ वर्षीय लक्ष्मण खनाल, उनकी पत्नी २९ वर्षीया राधिका , चार वर्षीया छोरी चन्दा ९सुप्रिया० र चारमहीने छोरो टीकारामको मेची अञ्चल अस्पतालमा शवपरीक्षणपछि कनकाई नदीमा दाहसंस्कार गरिएको थियो । आगलागीबाट ३५ लाख ४६ हजार बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।