धरान ÷धरान–९ स्थित सुरक्षित वचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले हरी कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
धरान १९ स्थित हरियाली सामुदायिक वनको सभाहलमा सोमबार सम्पन्न साधारणसभा तथा अधिवेशनले हरिबहादुर कार्कीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा डिकबहादुर भुजेल, सचिवमा रामकुमार राई र कोषाध्यक्षमा किरण भुजेल चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा पुष्पा सुब्बा, हरिप्रसाद त्रिताल र तोर्ण बिक चयन भएका छन् । अधिवेशनबाट लेखा संयोजककोरुपमा सनम तामाङ र सदस्यहरुमा विकास भुजेल, सजिता श्रेष्ठ चयन भएका छन् । ऋण लगानी समिति सदस्यमा हरि बराइली र सागर रसाइली चयन भएका छन् ।
साधारणसभाको उद्घाटन निवर्तमान अध्यक्ष चुसमान भुजेलको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष नरेश इवारम रहेका थिए ।