धरानः प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले सरकारले सहकारीका विधेयक हिउँदे अधिवेशनमार्फत पुरा गर्ने वताएकाछन् ।
धरान–१० स्थित उद्यमशील वचत तथा ऋण सहकारी संस्थाको छैटौ साधारण सभालाई सोमवार सम्वोधन गदै सो कुरा वताएका हुन ।
सभामुख भण्डारीले सहकारीकर्मीको सल्लाह र सुझावले १ नं प्रदेशलाई सहकारीको उद्गम स्थलको रुपमा पहिचान गर्न थप सहज हुने विश्वास व्यक्त गरे ।विपन्न आर्थिक अवस्था भएका परिवारको आर्थिक उपार्जनका लागि सहकारी भरपर्दो माध्यम भएको वताउदै सहकारीमार्फत दिगो विकासको अवधारणालाई अघि वढाउन सकिने कुरामा जोड दिएकाछन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा. योगेन्द्र राईले आर्थिक वर्ष २०७४÷ ०७५ मा ७० करोड ९४ लाख १७ हजार ४सय ५५ रूपैयाँ कारोबार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०६८ सालमा स्थापित सहकारीले १ करोड ९ लाख २० हजार ४ सय ४७ रूपैयाँ आम्दानी गर्न सफल भएको जनाइएको छ । आव २०७४÷०७५ मा कर्जाबाट ब्याज आम्दानी ७५ लाख ८५ हजार ३ सय ६१ रूपैयाँ, बैंकबाट ब्याज आम्दानी १ लाख ७६ हजार ४ सय २० रूपैयाँ, रेमिटेन्सबाट ६ लाख ७० हजार ६ सय ६८, शेयर लगानीबाट आम्दानी ९ हजार ७ सय ४७ र अन्य आम्दानीबाट २४ लाख ७८ हजार २ सय ५१ रूपैयाँ आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
आव २०७२÷०७३ मा जम्मा १३ करोड ४१ लाख ६२ हजार ३ सय ७२ रूपैयाँको कारोबार गरेको सहकारीले आव ०७३÷०७४ मा ४४ करोड २३ लाख ७१ हजार ६५ रूपैयाँको कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
संस्थाले ५ करोड भन्दा माथि निक्षेप सङ्कलन गरेको उनले प्रस्तुत गरेको प्रतिवेदनले जनाएको छ । संस्थाले ५ करोड २ लाख ७७ हजार ४ सय ९१ रूपैयाँ निक्षेप सङ्कलन गरेको अध्यक्ष डा. राईले जनाए ।
सहकारीले सोचेभन्दा बढी सफलता हात पार्दै २०७४र०७५ मा ३ लाख ४७ हजार ४ सय ३४ रूपैयाँ राजश्व तिर्न सफल भएको छ । कार्यक्रममा डा। राईले ई सेवा सञ्चालन, सफ्टवेयर जडान, मोबाइल बैकिङ सेवा, इन्टरनेट बैङ्किङ, मोबाइल एसएमएस सेवा विस्तार गरिने जानकारी दिए । यस्तै कलेक्टर मोबाइल एप्स, सहकारी शिक्षा कार्यक्रम, महनाको उत्कृष्ट सदस्य छनौट, सदस्य उत्प्रेरणा कार्यक्रम, वार्षिक सम्मान तथा पुरस्कार कार्यक्रमलाई अघि बढाइने जानकारी दिइयो ।
कार्यक्रममा असल बचतकर्ता कमला गुरूङ, श्याम श्रेष्ठ, उच्च बचतकर्ता गीता जिमी, ज्योति शाहीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी असल ऋणी देवीमाया मगर, रणबहादुर विक, असर फिल्ड कर्मचारीतर्फ बलबहादुर लिम्बू, ज्येष्ठ नागरिकतर्फ ध्वर्जमान राईलाई सम्मान गरियो संस्थामा हाल ६ सय १६ जना शेयर सदस्य छन् ।