पाँचथर र दुइ श्रीमतिका पोइ कुना पसि रोइ भन्ने नेपाली उखान जस्तै भएको छ पाचथर जिल्लाको फाल्गुनन्द गाउपालिकामा ।
फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा दुइ श्रीमतिको विवाद हुदा श्रीमानले श्रीमतीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेका छन् । जेठी र कान्छी श्रीमतीबीच झगडा हुँदा ४३ वर्षीय श्रीमान नरबहादुर चेम्जोङले ४४ वर्षीया जेठी श्रीमती इन्द्रमाया चेम्जोङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरका अनुसार मंगलबार राती दुई श्रीमतीबीच झगडा भएको र नरबहादुरले जेठी श्रीमतीको घाँटि र टाउकोमा खुकुरीले प्रहार गर्दा घटनास्थलमै ज्यान गएको हो । जेठी श्रीमतीको हत्या गरेर फरार भएका नरबहादुरलाई राति नै नवमिडाँडा प्रहरीले पक्राउ गरेको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ । हत्या गरिएका इन्द्रमायाको एक छोरी छिन् भने कान्छि श्रीमती पट्टिका एक छोरा र एक छोरी रहेका छन् ।