सुनसरी । नेकपा एमाले सुनसरीका कार्यकर्ता खुर्सिद आलमको हत्या भएको एक पछि सुनसरीमा फेरी अर्को हत्याको घटना भएको छ ।
वुधवार विहान मर्निङवाकमा गएको वेला सुनसरीको दुहबीका व्यवसायी फिदा खानको गोली प्रहार गरि हत्या गरिएको छ ।
बुधबार बिहान मर्निङ वाक जाने क्रममा दुहबी–९ को छाताबेलीमा उनीमाथि गोली प्रहार भएको थियो ।
जयबाबा इँटा अगाडिको नहरको पुलमा उनीमाथि गोली प्रहार भएको थियो । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीका अनुसार उनी जयबाबा इँटा उद्योगका व्यवस्थापक पनि थिए । स्थानीयका अनुसार उनीमाथि २ गोली प्रहार भएको थियो । मृतक फिदा हुसेन सोही वडाका वडाध्यक्ष मेहदी हुसेनका भाइ हुन । उनको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही घटनापछि दुहबी बजार तनावग्रस्त बनेको छ । व्यवसायी फिदा खानमाथि गोली प्रहार भएको विषयलाई लिएर बजार तनावग्रस्त भएको थियो । व्यवसायीलाई प्रशासनले सुरक्षा दिन नसकेको भन्दै मृतकका आफन्त र समर्थकले बजार बन्द गराएका छन । बजार पसल बन्द गराउन निस्किएको समूहले मेडिकल पसलमा समेत क्षति पुर्याएको छ ।
सो समूहले दुहबी चोकको अमरदीप मेडिकल पसलका सञ्चालक हाकु साहको टाउको फुटाएको छ । पसल बन्द गराउँदै हिँडेका व्यक्तिले सो मेडिकल बन्द गराउन भनेका थिए । तर, साहले औषधी पसल बन्द गराउन मिल्दैन भन्दै अड्डी कसेपछि उनीमाथि सो समूह जाइलागेको थियो । दुहबीका विभिन्न स्थानमा टायर बालेर विरोध जनाएकाछन् । घटनालाई मध्यनजर गरी प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको दुहबीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिएका छन् ।
पछिल्लो समयमा भएको घटनाका कारण सुरक्षामा चुनौति थपिएको छ । खुर्सिदको हत्यामा संलग्नको पहिचान गर्न नसकेको प्रहरीलाई फिदा खानको हत्याले थप सुरक्षा चुनौति थपिदिएको छ ।सीआईबीको टोली पनि सुनसरीमा
बारम्बार विवादमा मुछिरहेको प्रहरीले यो घटनामा भने प्रारम्भदेखि नै सावधानी अपनाएको छ । दिउँसै प्रहरी प्रधान कार्यालयबाट निर्देशन भएअनुरुप केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को एउटा टोली सुनसरी पुगिसकेको छ ।
स्रोतका अनुसार ब्यूरोका प्रहरी नायब उपरीक्षक ९डीएसपी० हिराबहादुर पाण्डे र अर्का एक जना प्रहरी निरीक्षकको गरी दुई जनाको टोली सुनसरी पुगेको हो । उनीहरुले घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयलाई प्राविधिकसहित थप आवश्यक सहयोग गर्नेछन् ।
सुनसरीका खुर्सिदको हत्यामा भारतीय सुरक्षाकर्मीको संलग्नता
भारतीय प्रति आतंकवाद सेलसँग मिल्दोजुल्दो शैलीमा खुर्शिदको हत्या भएपछि सशंकित स्थानीय प्रहरी बुधबार बिहानै अर्को हत्याको घटना सार्वजनिक भएपछि झस्किएको थियो । तर, खुर्शिद घटनाको मोडस अपरान्डी ९अपराध शैली० हुसेन हत्यासँग मिल्दैन । अहिलेसम्म खुर्शिदको जस्तो हत्या गर्नु पर्ने उद्देश्य पनि नदेखिएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।
हुसेदको लेनदेन सम्बन्धी विवादबारे समेत प्रहरीले जानकारी पाएको छ, जसलाई प्रमाणले पुष्टि गर्ने प्रयासमा प्रहरी अधिकारीहरु जुटेका छन् ।