धरान ÷ प्रतिनिधि सभा सदस्य मार्फत आउने वजेटको लागि सुनसरी क्षेत्र नं. १ मा योजना छनौट भएको छ ।
स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमअन्र्तगतको ४ करोड बजेटको लागि सुनसरी निर्वाचन क्षेत्र नं १ मा विभिन्न २० योजना छनौट गरिएको हो ।
साझेदारी कार्यक्रमको सुनसरीका ४ वटै निर्वाचन क्षेत्रको बैठक बसेर शुक्रबार योजना छनौट गरिएको सांसद जय कुमार राइले जानकारी दिए ।प्रत्यक्ष निवार्चित सांसद जयकुमार राई संयोजक रहेको उक्त कार्यक्रमको शुक्रबार बैठक बसी ती २० वटा योजनाहरु छनौट गरिएको थियो । सरकारले प्रत्येक निर्वाचन क्षेत्रको लागि ४ करोड बजेट विनियोजन गरेको छ । त्यसको संयोजक प्रत्यक्ष निवार्चिंत संघीय सांसद रहने व्यवस्था रहेको छ ।
सडक विस्तारसँगै व्यापारिक केन्द्र धरान सुस्ताएको भन्दै उनले छिमेकी जिल्ला र सहरहरुसँग सडक सञ्जालबाट जोडेर पुरानो व्यापारिक साख फर्काउने आफ्नो उद्देश्य रहेको राईको भनाई रहेको छ ।
पुर्वाधार विकासका योजनाहरुलाई बढी केन्द्रीत गरी योजना छनौट गरीएको जानकारी दिए । क्षेत्र नं १ मा धरान उपमहानगरपालिकाका, साविक भरौल, साविक बक्लौरी र साविक बराहक्षेत्र गाविस पर्छ । धरानको २० वडासहित कुल २७ वडा यो क्षेत्रले समेटेको छ ।

कुन कुन परे छनौटमा योजनाहरु
१ सरस्वती मा.वि. उत्तर झोलुगे पुलसम्मको बाटो स्तरोन्नती धरान ६ रू ५० लाख
२. बगरकोट पुलदेखि प्रगतीमार्ग हुदै दक्षिण जाने बाटो स्तरोन्नती २० लाख
३. देउराली पथ धरान १५ रू २० लाख
४. बिश्वकर्मा युवा समाजको भवन निर्माण धरान ५ रू१० लाख
५. ईस्लामिक कब्रस्तान घेराबारा धरान ८, रू १० लाख
६ तिनढ्वाङे भौडि नियन्त्रण धरान ८ रू,२० लाख
७ दिपेन्द्र मार्ग बालकचौक सडक कालोपत्रे धरान १९ रू २० लाख
८ बि पी पार्क निर्माण धरान १३ रू,२० लाख
९ भृकुटि पाखा धरान ३ बाटो निर्माण रू १० लाख
१० लालशोर मार्ग धरान ४ रू १० लाख
११ उदयमार्ग धरान १७ रू २० लाख
१२ सिमानाटोल खहरे नियन्त्रण धरान १६ रू १० लाख
१३ सानो खैरे बाटो निर्माण धरान २० रू १० लाख
१४ ज्वालामुखि माबि खानेपानी ट्याङ्की निर्माण धरान १७ पटनाली रू १० लाख
१५ साबिक भरौल नडाहाबाट धरान १७ चतरामार्ग, सर्दु पारि जोडने बाटो रू ५० लाख
१६ कटहरे चियावारी अग्नि नियन्त्रण बाटो निर्माण रू १० लाख
१७ तोरिवारी खानेपानी भित्रको खोला नियन्त्रण रू १० लाख
१८ युवा बिकास भवन –जिमहल० निर्माण २० लाख
१९ रामधुनि नपा वार्ड नं। ७ पन्चायन वर पिपल चौकबाट धरान उमानपा वार्ड नं १९ चौकिवारी जोडने बाटो निर्माण ५० लाख
२० सगरमाथा टोल ड्रेन निर्माण धरान ११ रू २० लाख