धरान÷ नेपाल आदीवासी जनजाति महासंघ सुनसरीले आदीवासी जनजाति अगुवा तथा अधिकारकर्मी पद्यरत्न तुलाधारको १३ पुन्यतीथिमा श्रद्धान्जली सभाको आयोजना गरेको छ ।
महासंघले शनिवार धरान–१४ स्थित बहुजातीय संग्रहालयमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम आयोजना गरेको हो ।
तुलाधारको फोटोमा माल्याणपन गरी कार्यक्रमको आयोजन गरीएको थियो ।कार्यक्रममा महासंघका पूर्व अध्यक्ष सुजेन्द्र तामाङ,खम्वसिं गुरुङ,सल्लाहकार योगेन्द्र पालुङ्वा लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा जनजातिको अधिकार प्राप्तीका लागि तुलाधारले पु¥याउनु भएको योगदानको चर्चा गरीएको थियो ।कार्यक्रममा नेवाः देय दवूका सुनसरी अध्यक्ष तीर्थ मास्के लगायतको उपस्थिति रहेको थियो ।