सिरहा – कसैले वर्थ डे पार्टीमा वोलायो भने जानका लागि होसियारी अपनाउने समय आएको छ ।पार्टी दिने वाहानामा वोलाएर बालिका र युवतिमाथि सामूहिक वलत्कार गरीएको घटनाले यस्तो अवस्था श्रृजना गरेको हो ।
सिराहा जिल्लाको लाहानमा एक बालिका र एक युवतीमाथी सामूहिक बलात्कार भएको छ ।
कात्तिक २३ गते भाइटीकाको दिन बर्थडेपार्टीको बहानामा बोलाएर सात जना युवाहरुले १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथी सामूहिक बलात्कार गरेको पीडित परिवारले जनाएका छन् ।
लहान २२, लक्ष्मीपुर पतारी २ की बालिका र युवतीलाई सात जना युवकहरुले बलात्कार गरेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेका तीन जनाको नाम खुलेको छ भने चारजनाको नाम खुलेको छैन ।
लहान नगरपालिका ११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेपनि चार जनाको नाम खुल्न बाँकि रहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए ।
बलात्कार घटनामा संलग सातै जना फरार रहेको र फरार सबैलाई विशेष प्रहरी परिचालन गरि खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।