भोजपुर ÷ रातको समयमा विभिन्न समस्या हुने भन्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले राती ९ वजे पछी देउसी भैलो लगाएत मनोरञ्जनात्क कार्यक्रम गर्न रोक लगाएको छ ।
कार्यालयले मंगलवार एक सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो । साथै चाडवाडको वेला पटका, अतिसबाजी, भुइचम्पा जस्ता प्रज्वलनशिल नपड्काउन कार्यलयले अनुरोध गरेको छ ।त्यस्तै जुवा तास जस्ता हार जितको खेल नखेल्न पनि जिल्ला वासी सवैमा प्रसाशनले आग्रह गरेको छ ।
कसैले सुचनाको अवज्ञा गरेको पाईएका कानुन वमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी प्रयाश भट्रराईले जानकारी दिए ।