धरान/ दशै र तिहारको समयमा जुवा र तास खेल्नेक्रम वढदो मात्रामा रहेको छ ।चाडवाडको समयमा हुने जुवा तासलाई नियन्त्रण गर्न प्रहरीले तिव्रता देखाएपनि नियन्त्रण हुन सकेको छैन् ।
मोरङको विराटनगर र सुनसरीको इटहरीबाट नगद सहित ११ जुवाडेलाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका १६ स्थित गोपाल यादवको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
तास जुवा खेल्दै गरेको सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले राति नगद २८ हजार ३ सय ५६ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा घरधनी गोपाल यादव, बिराटनगर १६ बस्ने बर्ष ५४ को सुरेश प्रसाद मण्डल, बर्ष ४० को राजकिशोर यादव, बर्ष १८ को सोनु तत्मा, बर्ष ५१ को बिष्णु कुमार अर्जेल, बर्ष २८ को नबिन महतो, बर्ष १८ को रोहित दास र बर्ष ४८ को ज्ञानेन्द्र कार्कीलाई रहेका छन् ।
गोप्य सूचनाको आधारमा ईटहरी उपमहानगरपालिका २० स्थित कबिता भट्टराईको घरमा जुवा खेलिरहेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ईटहरीबाट राति १२ वजे खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही स्थान बस्ने बर्ष ३७ को अशोक बस्नेत, बर्ष २८ को महेन्द्र खड्का र बर्ष ४६ को नेत्र बहादुर कार्की रहेका छन् । उनीहरुलाई ७ थान कौडा र नगद १५ हजार २५ रुपैयाँ सहित पकाउ गरिको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखीएको प्रहरीले जनाएको छ ।