प्रदेश नं. १ का सभामुख प्रदिप कुमार भण्डारीले कुनैपनि विकास निर्माणका लागि जनताले नै खवरदारी गर्नुपर्ने वताएकछन् ।
धरान उपमहानगर वडा नं ४ स्थित हर्दियाका युवाहरुले शुक्रवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गदै भण्डारीले सो कुरा वताएका हुन् ।
स्थानीय स्तरमा आएका कुनैपनि विकासका योजनाहरुलाई दिगो रुपमा संचालन र व्यवस्थापन गर्नको लागि स्थानीयवासीको प्रमुख जिम्मेवारी रहने भण्डारीको भनाई रहेको थियो ।
आफ्नो निर्वाचन क्षेत्र भित्रको विकट क्षेत्र भएकोले यस क्षेत्रको विकास र यहाको जनताको जीवनस्तर उकास्नका लागि स्थानीय क्षेत्रमा भएका उत्पादनलाई प्रोत्साहन गर्नका लागि आफू लागी पर्ने भण्डारीले जोडदिएका थिए ।
विकास निर्माण एकै पटक नहुने कुरा भएको भन्दै मनमोहन स्मृति पार्क,भ्यू टावर निर्माण र सडक निर्माणका लागि प्रदेश सरकारले वडा नं ४ मा वजेट विनियोजन गरेको समेत जानकारी गराएका थिए ।
आगामी दिनहरुमा पनि विकासका योजनाहरु अघि वढाउदै जाने र जनताले पनि आएका विकास निर्माणमा चनाखो भएर खवरदारी गर्नु पर्नेमा जोड दिएकाथिए ।
वडा नं ४ मा प्रदेश सरकारले मनमोहन स्मृति पार्क विकास तथा प्रवद्धनमा १ करोड,भ्यू टावर निर्माणमा ५० लाख र सडक निर्माणका लागि ९० लाख वजेट विनियोजन गरेको छ ।
आगामी वर्षहरुमा पनि प्रदेश सरकारबाट त्यस क्षेत्रमा विकासका योजना ल्याउनका लागि आफूले पहल गर्ने प्रतिवद्धता समेत भण्डारीले व्यक्त गरेका थिए ।
त्यस क्षेत्र सुनसरीको क्षेत्र नं १ अन्र्तगत पर्दछ । सभामुख भण्डारी सोही क्षेत्रबाट निर्वाचित सभाषद हुन् ।
धरान उपमहानगरपालिका भित्र रहेपनि त्यस क्षेत्रका जनताले आफूहरुले नगर क्षेत्रवासी भएको महशुस गर्न सकेकाछैनन । त्यसक्षेत्रका स्थानीय वासी अझैपनि टेलिफोन र मोवाइलसेवा लिनबाट बन्चित रहेकाछन् । नेटवर्क अभावमा त्याहा अझैपनि सञ्चार सम्र्पक विच्छेद रहदै आएको छ ।
वडाध्यक्ष मानवहादुर राईले वडामा अहिलेसम्म भएका प्रगति र आगामी योजनाहरुका वारेमा जानकारी गराएका थिए ।