काठमाडौँ – केही दिनको अस्पताल वसाई पछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार डिस्चार्ज भएकाछन् ।छातीमा संक्रमण भएपछि अस्पताल भर्ना भएका ओली साँझ ७ बजे डिस्चार्ज भएका हुन्।

डिस्चार्ज भएपछि ओली सरकार निवास बालुवाटारका लागि प्रस्थान गरेका छन्। ओली छातीको संक्रमण, ज्वरो र खोकीबाट ग्रस्त भएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका थिए।

प्रधानमन्त्री ओलीको शुक्रबार बिहानको स्वास्थ्य परीक्षणका प्रतिवेदन अध्ययनपछि स्थिति सामान्य देखिएको पाइएको थियो।सेण्टरका कार्यकारी निर्देशक प्रा।डा। उत्तमकृष्ण श्रेष्ठले बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य भएको उल्लेख गरिएको थियो।