सर्लाही – सर्लाहीको रामनगरको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।स्थानीय दुई समूहबिच झडप हुँदा तनावग्रस्त बनेको थियो ।
रामनगर गाउँपालिका–४ मा मंगलबार स्थानीय दुई समूह ९नेपाली कांग्रेस र नेकपाका कार्यकर्ता० बिच झडप हुँदा एक समूहले चलाएको गोली लागेर एकजनाको ज्यान गएको थियो । गोली लागेर स्थानीय रामविलास महतोको ज्यान गएको हो ।
गोली प्रहार गर्नेहरुको खोजी भइरहे पनि अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । तर अहिले रामनगरको अवस्था सामान्य रहेको र सुरक्षा व्यवस्था निकै कडा पारिएको प्रहरीको भनाई छ ।
रामनगरमा नियमित भन्दा बढी प्रहरी तैनाथ गरिएको र गोली प्रहार गर्नेहरुको तीव्र रुपमा खोजी भइरहेको जनाइएको छ ।
गोली लागेर ज्यान जाने ५५ वर्षका रामविलास रामनगर–४ का वडाध्यक्ष नरेश महतोका काका हुन् । उनलाई नेकपाका कार्यकर्ताले गोली हानेको कांग्रेसको आरोप छ । गोली लागेर सोही वडाका काङ्ग्रेसका महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो, मुकेशकुमार कुशवाहा गम्भीर घाइते भएको पनि कांग्रेसले जनाएको छ ।
रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतोमाथि सोमबार एक समूहले आक्रमण गरेको थियो । टाउकोमा चोट लागेका उनको उपचार भइरहेको छ । यहि विषयलाई लिएर मंगलबार दुई समूहबिच झडप भएको हो ।