काठमाडौं ÷
व्यवस्थित शहर र व्यवस्थित बसोबासको व्यवस्था मिलाउनका लागि प्रतिबद्ध रहेको शहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले बताएकाछने ।कानुन बनाएर नै शहर तथा शहर बिस्तारलाई व्यवस्थित तथा नियमन गर्ने तयारीमा आफूहरु रहेको
उनको भनाई रहेको छ ।
उनका अनुसार व्यवस्थित शहरका लागि ऐन ल्याउने तयारी भएको र त्यसका लागि कानुन मन्त्रालय र मन्त्री परिषदबाट स्वीकृति प्राप्त भइसकेको मन्त्री राईले जानकारी दिए ।
उनका अनुसार अहिले शहरी विकास मन्त्रालय व्यवस्थित शहरको सपना साकार पार्ने खालको ऐन निर्माणमा जुटेको छ ।
ऐनको निर्माण सुरु गरीसकेको र अब शहर तथा बस्ती विकासका लागि निश्चित भूमि तोकिने उनले स्पष्ट पारेकाछन् । बसोबास र कृषि योग्य जमिनको निर्धारण गरिनेछ । यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग पनि सहकार्य गरिरहेको उनको भनाईरहेको छ ।
उनका अनुसार चाँडै नै शहरी क्षेत्र र समग्र बस्तीलाई नै व्यवस्थित बनाउने गरी कानुन आउने छ र त्यसलाई संघीय संरचना अनुसार स्थानीय तहसँग मिलेर लागु गरिनेछ ।
यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिको नयाँ वर्गिकरण गर्ने तयारी गरेको छ ।