बिर्तामोड – झापाका संचारकर्मीले सामुहिक रुपमा रक्तदान गरेकाछन् ।सञ्चारकर्मी आफ्नो पेशासँगै आवश्यक पर्दा मानवीय सेवामा पनि उत्तिकै अग्रसर छन् भन्ने उदाहरण शनिबार बिर्तामोडमा देखिएको छ।
जिल्लामा रगतको अभाव भएर बिरामीलाई समस्या भइरहेको बेला २९ जना सञ्चारकर्मीले सामुहिक रक्तदान गरेका छन्। वीरता जेसीजले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन तिनै सञ्चारकर्मीहरुबाट सामुहिक रक्तदानमार्फत गरिएको थियो।
वीरता जेसीजका अध्यक्ष एवं पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले झापाली सञ्चारकर्मीको रक्तदानमा उत्साहजनक सहभागिताप्रति धन्यवाद ज्ञापन गरेका छन्।
वीरता जेसीजका रक्तदान संयोजक ओमप्रकाश लुइँटेलले यति धेरै सञ्चारकर्मीले एकैसाथ रक्तदान गरेको आफूले पहिलोपटक देख्न पाएकोमा खुशी व्यक्त गरे।
। झापाका सञ्चारकर्मी मोहन काजी, उमाकान्त खनाल, रञ्जित प्रसाई, दयाराम दाहाल, प्रेम आचार्य, गणेशमान मुखिया, राजेन्द्र गौतम, हिमाल खरेल, विनोद सापकोटाले उत्साहका साथ रक्तदान गरे।
त्यस्तै सञ्चारकर्मीहरु मनकुमार शर्मा, यम बिमली, लक्ष्मी काफ्ले, नेत्रविक्रम विमली, सुरेन्द्र भण्डारी, लक्ष्मी उप्रेती, विरु दर्नाल, राधा खनाल, युवराज उप्रेती, रविन भट्टराई, भूमिका सुब्बा, विष्णु रिमाल, विजय बराल, राजु पौडेल, नरेश खाती, प्रणित पुडासैनी, शार्दुल ओली, नरेन्द्र ढकाल, किरण हुमागाई, दुर्गा काफ्लेले समेत उत्साहका साथ रक्तदान गरेका थिए।