धरान – दसैँको एकसातामा एक नम्वर प्रदेश क्षेत्रभित्रमा चारसय भन्दा माथि मादक पदार्थ सेवनको कार्वाहीमा परेकाछन् ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार ४ सय १९ जना मादक पदार्थ सेवनको कारवाहीमा परेका हुन ।
कार्यालयका अनुसार, मापसे कारवाहीबाट असोज २४ गतेदेखि कात्तिक ३ गतेसम्ममा ४सय १९ जनाबाट ४ लाख १९ हजार रुपैया राजस्व संकलन भएको छ।
यसैगरी मोरङमा २ सय ६३ जना मादकपदार्थ सेवनकर्ता कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बताएको छ ।
पक्राउ परेकाबाट २ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको छ। पक्राउ परेकालाई विभिन्न ८० वटा प्रश्नसहितको परिक्षामा सामेल पास हुनेलाई जरिवानासहित छोडिएको छ ।