सिङ्गो गाउमै कसैसँग जग्गाको लालपुर्जा छैन भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ तर वास्तविकता नै त्यस्तै भएको छ ।
कैलाली जिल्लाको भजनी नगरपालिका–३ स्थित कुसुमघाट गाउँ लालपुर्जाविहीन छ।छिमेकी मुलुक भारतसँग सीमा जोडिएको कुसुमघाटमा नापी नहुँदा सिंगै गाउँ लालपुर्जाविहीन भएको हो।
स्थानीयवासीका अुनसार २०२४ सालबाट बसोबास हुँदै आएको उक्त गाउँका पाँच सयभन्दा बढी बिघा जग्गा लालपुर्जाविहीन रहेकाछन् ।
द्वन्द्वकालभन्दा पहिले निक्कै बाक्लो बस्ती रहेको उक्त गाउँमा लालपुर्जा नभएकै कारण त्यहाँका बासिन्दा अन्यत्र विस्थापित हुँदै आएका छन्।
उक्त गाउँमा १ सय ९ घरपरिवार बसोबास गर्दै आएका छन्। उनीहरू कसैको लालपुर्जा छैन।