काठमाडौं । प्रयोगकर्ताको विवरण गोप्य राख्न नसकेको भन्दै बेलायती नियामकले सामाजिक सञ्जाल फेसबुकमाथि ५ लाख पाउण्ड जरिवानाको निर्णय गरेको छ ।
विहीबार बेलायतको इन्फरमेसन कमिस्नर अफिस ९आईसीओ०ले फेसबुकमाथि उक्त जरिवानाको निर्णय गरेको हो । आईसीओले १ लाखभन्दा बढी प्रायोगकर्ताहरुको विवरणहरु फेसबुकबाट चुहिएको बताएको छ । साथै उक्त विवरणहरुको दुरुपयोग भएका निष्कर्ष निकालेको छ ।
सन् २००७ देखि २०१४ को बीचमा पनि सामाजिक सञ्जालले तेस्रो पक्षलाई प्रयोगकर्ताहरुका विवरण सहजै पाउनसक्ने व्यवस्था गरेको आईसीओले बताएको छ ।
फेसबुकबाट चुहिएको विवरणहरुको दुरुपयोग सन् २०१६ को युरोपियन यनियन ९ईयू०बाट बाहिरिने वा नबाहिरिने भन्ने विषयमा भएको निर्वाचनका लागि प्रयोग गरिएको पनि आईसीओले बताएको छ ।
यस वर्षको सुरुवात अमेरिकाको निर्वाचनमा प्रसारको लागि पनि फेसबुकका विवरणहरुको गलत प्रयोग गरिएको पाइएको थियो ।