काठमाडौं ः चर्चित सुनकाण्ड साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ९गोरे० का सहयोगी वेनु श्रेष्ठ पक्राउ परेका छन् ।
उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गरिएको हो ।
दुबईबाट पक्राउ परेका श्रेष्ठलाई आइतबार दिउँसो नेपाल ल्याइएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको छ ।
तत्कालीन उच्चस्तरीय अनुसन्धान समितिका एक अधिकारीका अनुसार श्रेष्ठसँग सामान्य सोधपुछ गरेर आइतवारै मोरङ जिल्ला अदालतमा हाजिर गराउने तयारी गरेको वुझिएको छ ।
गोरे समूहले ३ वर्षमा गरेको करिब ३८ क्विन्टल सुन तस्करीमा दुबई बसेर सेटिङ मिलाउने गरेको श्रेष्ठमाथि आरोप छ ।