भोला श्रेष्ठ
धरान÷ पर्यटकीय क्षेत्रको संभावना बोकेको धनकुटा र सुनसरीको सीमानामा रहेको भेडेटारमा होटल व्यवसायीहरुको नयाँ नेतृत्व चयन भएको छ ।
पर्यटन सुचना स्थापना गर्ने योजनाका साथ होटल एसोसिएसन अफ भेडेटारको साधारण सभा सम्पन्न भएको छ ।
त्यसैगरी पर्यटकीय क्षेत्रको रुपमा रहेको भेडेटारलाई अधिकतम प्रचार प्रसार गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने प्रस्ताव पारीत गदै साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले जितेन्द्र राईको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ ।त्यसैगरी उपाध्यक्षमा गजेन्द्रमणि राई,शान्ति श्रेष्ठ चयन गरीएको छ ।
त्यसैगरी महासचिव आशिक राई,सचिवद्धय जितु राना,तुमराज लिम्वु र कोषाध्यक्ष जंसुजनम राई चयन भएकाछन् ।
त्यस्तै सहकोषाध्यक्ष रामकाजी गुरुङ्ग र रमेश श्रेष्ठ निर्वाचित भएकाछन् ।
सदस्यहरुमा प्रेम कुमार राई,गणेश लावति,निशा श्रेष्ठ,राम ढकाल र माधव लुइटेल,कविता लावति,ताराकुमार राई,प्रेम याक्फु,माया लिम्वू,नवराज थापा, सुमिता मगर,रमेश बोहोर निर्वाचित भएकाछन् ।
संस्थाका सदस्यहरुको नेतृत्व विकास क्षमता अभिवृद्धि गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने,पर्यटकीय क्षेत्रको विकासका लागि विभिन्न किसिमका प्रचार प्रसार कार्यक्रमहरु सञ्चालन गर्ने योजना अघि सारीएको नव निर्वाचित अध्यक्ष जितेन्द्र राईले जानकारी दिए ।
संस्थाको कार्यालय आफ्नै भवनमा संचालनको लागि आगामी योजना वनाइएको अध्यक्ष राईको भनाइ रहेको छ ।
यस क्षेत्रको पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालिन कार्यक्रमहरुलाई अगाडी वढाइने वताईको छ ।