धरान / सडक दुर्घटनाबाट अत्यधिक संख्यामा मानिसको मृत्यु भइरहेकोले यसले महामारीको रुप लिएको एक कार्यक्रमका सरोकारवालाले बताएको छन् ।  बिहिबार धरानको भानुचोकमा जिल्ला ट्राफिक प्रहरी कार्यलय र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आयोजना गरेको यात्रु सहायता कक्ष उद्घाटन कार्यक्रमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वालाले सडक दुर्घटना महामारीको रुप लिएको बताए ।
राष्ट्रसंघको तथ्यांक प्रस्तुत गर्दै उनले विश्वमा प्रत्येक २६ सेकेण्डमा एक जनाको सडक दुर्घटनामा मृत्यु भइरहेको छ । एक दिनमा ३५ सयको मृत्यु र त्यतिकै संख्यामा मानिस घाइते भइरहेका छन् । ‘विश्वमा प्रत्येक बर्ष सडक दुर्घटनाबाट १३ लाख मानिसको मृत्यु भइरहेको तत्याङक भएको उनले बताए । ५ करोड घाइते हुन्छन । ५० लाख अंगभंग र अपांग जीवन बिताउन बाध्य छन् । ‘नेपालको तथ्यांक हेर्दा प्रत्येक दिन सरदर ५ देखि ७ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको उनले तथ्याङक प्रस्तुत गरेका छनन् ।
सडक दुर्घटनामा चालक मजदुर, प्रहरी, यातायात व्यवसायी र सरकारलाई मात्र दोष देखाएर कोही उम्कन नसकिने भएकाले सरोकारवाला र सबै पक्ष जिम्मेवार भए मात्र सडक दुर्घटना न्युनिकरणका उपाय खोज्नु पर्ने उनको भनाई थियो ।
सोही दिन सडक दुर्घटनालाई न्युनिकरण गर्न संगठनले ‘म जिम्मेवार यातायात मजदुर’ भन्ने नारासहितको चेतनामुलक स्टिकरलाई सार्वजनिक गर्दै सवारी साधानमा टासिएको छ । चालकहरुले मादक पदार्थ पिएर चलाउदिन भन्ने प्रतिवद्धता, मोवाइल फोन नचलाउने, महिला, बालबालिका, अशक्त र बृद्धबृद्धाहरुलाई सम्मान गर्न, बालश्रम प्रयोग नगर्न, तीब्र गतिमा सवारी नचलाउन, तोकिएको भन्दा बढी भाडा नलिन, सबैसँग सभ्य भाषा प्रयोग गर्न र ट्राफिक नियम पालना गर्ने प्रतिवद्धतासहितको स्टिकर दशैभरी वितरण गनर्् लागिएको संगठनले जनाएको छ ।
उनका अनुसार २०७४ बैशाखदेखि २०७५ बैशाखको बीच एक बर्षमा नेपालमा १४ लाख बढी सवारी भित्रिएको थियो । तर, नेपालमा यो समयभित्र १ सय ७९ किलोमिटर मात्र पक्की सडक बन्यो । सवारी आयात र सडक निर्माणकोबीचमा सन्तुलन नमिल्दा पनि सवारी दुर्घटना र जोखिम बढेको उनको तर्क छ । २०७५ बैशाखसम्म ३२ लाख ३७ हजार ६ सय १४ सवारी नेपालमा भित्रिएको छ । त्यसमध्ये २५ लाख २ पांग्रे साना सवारी भएको पनि राईको भनाई छ । तर सडक कालो पत्रे भने बढ्न सकेको छैन ।
अन्य बेला भन्दा चाढवाढका समयमा बढी भीडभाड हुने र यात्रुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुग्ने वातावरण सिर्जना गर्न संयुक्त रुपमा नागरिक सहायता कक्षा खोलिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका धरान अध्यक्ष कमल भट्टराईले जानकाररी दिए । उनले खासगरी दशै तथा तिहार तथा छैठका समयमा मजदुरहरुले यात्रु तानतान गर्दा तथा क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम बढ्ने भएकोले पनि यसलाई मध्यनजर गरी दशै र तिहार भरि प्रत्येक दिन मजदुर संगठनबाट २० जना स्वयम्म सेवक खटाइने बताए ।
यस्तै संघीय इकाई प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक शरदकुमार खत्रीले चाढवाढको बेला नागरिकले धेरै दुख पाउने भएकाले केही सहयोग गर्न सकिन्छ भनेर यस्तो सहायता कक्ष शुरु गरिएको हो । उक्त स्थानमा सबै माताहतका प्रहरी कार्यलयका फोन नं। राखिएको छ । दुर्घटना ज्यूनिकरणका चेतनामुलक व्यानरहरु राखिएको छ ।
यात्रुहरुले अनाहकमा दुःख नपाउने मात्र हैन दुर्घटना न्यूनिकरणमा समेत सहयोग पुग्ने भएकोले यसमा स्थानीय सरकार पनि लागि पर्ने धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरले बताए ।