स्टकहोम / लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ ।  क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक हुनुभएको छ । सो विधामा नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन। 
उनी भन्दा पहिला सन् १९०३ मा मरी क्युरीले र सन् १९६३ मा मारिआ गोइप्पर्ट(माएरले भौतिकशास्त्रतर्फ सो पुरस्कार पाएका थिए । 
डा. स्ट्रिक्ल्यान्डले अमेरिकाका डा. आर्थर याश्किन र फ्रान्सका डा. जेरा मोरूसँग आफूले लेजर फिजिक्सको क्षेत्रमा गरेका अनुसन्धानका लागि संयुक्त रूपमा नोबेल पुरस्कार पाएका हुन ।  
याश्किनले पुरस्कारको आधा राशी अर्थात् आठ लाख ७० हजार यूरोको आधा रकम पाउने र अन्य दुईजनाले बाँकी आधा बाँड्ने नोबेल पुरस्कार समितिले जनाएको छ ।