धरान /  नेपालमा सवारी साधानको आयात र सडकको दुराअवस्थाका कारण सवारी दुर्घटना महामारीको जस्तै वनेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । आइतबार सुनसरीको धरानमा आयोजित यातायात मजदुरको पर्यटन मैनी यातायात विषयक छलफलमा सो कुरा वताइएको हो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरले आयोजना गरेको धरानको पर्यटन र सवारी दुर्घटना न्यूनिकरण विषय एक दिने अनुशिक्षण कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष भीम राई ज्वालाले सवारी दुर्घटना हँुदा खाली चालकलाई मात्र दोष देखाउने चलन गलत भएको भन्दै दुर्घटनाको कारण नेपाल वर्षेनी भित्रने सवारी साधान र सडकको दुराअवस्था भएको बताएका छन् । उनले भने, “सवारीको आयात र सडक विकासको असन्तुलन नै सडक दुर्घटना हुन्छ । ” सरकारको आर्थिक सर्वेक्षणले १ सय ७९ किलीमीटर मात्रै सडक वनेको छ भने सरकारको तथ्याँक अनुसार २०७५ साल सम्मको सर्वेक्षण अनुसार नेपालमा ३२ लाख २१ हजार ४२ वटा सवारी साधान छ । त्यस कारण सडकको स्तरउन्नी नहुनुले सवारी दुर्घटनाको जोखिम वढेर गएको हो , राईले भने । त्यसै तत्कालिन राणा प्रधानमन्त्री जंगबहादुर राणाले लागु गरेको मुलुकी ऐन प्रतिस्थापन भएर २०७५ साल भदौ १ गतेदेखि जारी भएको नयाँ मुलुकी ऐनमा उल्लेख भएका कुराले यातायात मजदुरहरु आतिनु पर्ने कुनै अवस्था नभएको उनले बताएका छन् ।
धरानको पर्यटन र सवारी दुर्घटना न्युनीकरण विषयक एक दिवसीय अनुशिक्षणका क्रममा राईले सवारी चालक र यातायात क्षेत्रका मजदुर नआतिन आग्रह गरेका छन् । १ सय ६५ वर्षिय पुरानो मुलुकी ऐनभन्दा नयाँ मुलुकी ऐनले सवारी चालक र त्यससँग संवन्धित मजदुरहरुको हित अनुकुल नै भएको दाबी समेत गरेका छन् । सवारी चालक सहितको उपस्थितमा राईले भने, “अहिले हल्ला भए जस्तो चालकले सवारी दुर्घटना गरेमा जेल गइहाल्नु पर्ने अवस्था छैन , त्यसैले चालकले आतिनु पर्दैन ।”उनले अनुशासित , इमान्दार र वफादारी चालक भएर सक्रिय रहनु पर्ने यातायात क्षेत्रमा मजदुरलाई आग्रह गरेका छन् । कार्यक्रममा व्यवसायी कृष्ण सुवेदी , नेकपाका नेता प्रकाश राई , इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन कुमार तिम्सिनालगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता संगठन धरानका अध्यक्ष कमल भट्टराईले गरे ।
विशेष गरि टेम्पो चालकहरुसँगै पर्यटकहरु समपर्क हुने भएकाले धरान आएका पर्यटकहरुलाई कस्तो व्यवहार गर्ने भन्ने विषयमा धरान उपमहानगरपालिकाका पर्यटन समिति सहसंयोजक किशोर थुलुङले प्रशिक्षण दिएका थिए ।