वि.सं. २०७५ साल असोज १० गते। बुधबार। इश्वी सन् २०१८ सेप्टेम्बर २६ तारिख। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– प्रतिपदा, ८:२२ बजेउप्रान्त द्वितीया।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । विद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । दिदीबहिनीहरूबाट अपेक्षित सहयोग मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेमका कोपिलाहरु फक्रियर जानेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । कुनै काम वा घुमघामका लागि यात्रा हुनसक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । दैनिक कार्यहरू सम्पादन हुनेछन् ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आकस्मिक यात्रा गर्दा अनपेक्षित खर्च आइलाग्नेछ । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान गर्नेछन् । अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत हुनुपर्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । प्रा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आफन्तहरुको सहयोगले कार्यहरु अगाडी बढ्नेछन ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । सबै काम आफ्नै इच्छा एवं निगरानीमा सम्पन्न हुनेछन् ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । खानपिनमा सजग रहनुपर्ने बेला छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मध्यम खालको दिनछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परिस्थिति पहिचान गरी पुरुषार्थ प्रदर्शन गर्न सके मान–प्रतिष्ठा प्राप्त हुन सक्छ । स्वास्थ्यमा समस्या आउला । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल