धरान / सुनसरीको हरिनगर गाउँपालिका ४ भुटाहाका नेकपाका नेता ५६ बर्षीय मौलाना खुर्शिद इस्लाहीलाई अज्ञात समुहले गोली हानी हत्या गरेको खवर सुनेर हत्यारालाई समात्न चेकपोईन्ट थाप्न जादै गर्दा गोली लागी घाईते प्रहरी जवान अफै अस्पतालको बेडमा रहेका छन् ।
११ः५५ मा घट्ना भएको र ततकाल खवर पाए पछि भुटाहाबाट करिव १४ किमी उत्तरमा घुस्की बजारमा रहेको प्रहरी चौकीबाट उनी एक्लै थ्रीनट थ्री राईफल लिएर मुख्य सडकमा निस्कीएका थिए ।
हत्यारालाई पहिचान गरि समात्ने दृड आत्मविश्वासका साथ उनी मुख्य बजार निस्कदा ठिक्क हत्यारा पनि त्यही आईपुगे तर सय । ढेड सयको भीडबाट उनी माथि गोली प्रहार भयो । पहिलो गोली तिघ्रामा लाग्यो, दोश्रो गोली कम्वरमा । दुई गोली लागे पछि आफु नर्भस भएको उनले बताए । सहयोग गर्ने र जवाफी फाईरिग गर्ने साथी नभएका कारण अपराधी उम्किएको उनी बताउछन् ।
मैले अरु केही पनि सोचिने मात्रै अपराधीलाई समात्ने मात्र दिमागमा थियो । असई शिव शर्मा सर पनि पछि हुनु हुन्थ्यो तर म एक्लै दौडिए ।, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी वाडको १० नं. बेडमा रहेका प्रहरी जवान शिवलाल पौडेलले भने, भाग्यले मात्रै बाँचे, मैले नै गोली खाने पर्छ भनेर सोचेको थिईन । उनीहरुलाई रोक्ने मात्र मेरो ध्यान थियो ।

उनलाई प्रहरीको सञ्चार सेटमा खवर आएको थियो । करिव १२ बजेर १५ मिनेट तिर सञ्चार सेटमा खवर आयो । खैरो होण्डा नं. नभएको मोटरसाईकलमा दुई जना युवाहरुले छाडीबाट पेस्तोलले सुट गरेको देखे । छलिदा छलिदै दुई गोली लागेको पहिलो गोली हानेको थाहै पाईन । दोश्रो छलिदा छलिदै लाग्यो । धेरै भीड भएका कारण आफुले फाईरिग खोल्ने मौकै पाईन । फेरि गोली हान्ने आदेश थिएन । आदेश विना गोली हाने कारवाहीको भागीदार हुनु पर्ने उनको भनाई छ ।
त्यस बेलाको घट्ना उनलाई सपना जस्तो लाग्छ । २०६१ सालदेखि नेपाल प्रहरीमा जागिर खाएका पौडेल १४ बर्षको जागिरे अनुभवमा माओवादी द्धन्द्धको समयमा २०६२ सालको बुटवल चौकी आक्रमणमा पनि वालवाल बचेका थिए । चौकी नै खाली गरेर व्यारेकमा बसेर बचेको घट्ना बाहेक उनलाई यस्तो सम्झाना छैन् ।
उनको विपी प्रतिष्ठानमा उपचार भईरहेको छ । गोली लागेर वारपार भएकाले उनका ेअवस्था सामान्य नै रहेको छ । हत्यारालाई छेक्न एक्लै चेकपोईन्ट थाप्ने दौड्दा गोली खाएका पौडेललाई प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले अस्पतालको बेडमा पुगेर भेटि प्रशंसा गरेका छन् । आईतबार सामाजिक विकास मन्त्रि जीवन घिमिरेले पनि भेटि प्रसंशा गरे । यस्तै नेकपाका पोलिट व्युरो सदस्य तथा प्रदेश इञ्चार्ज भीम आचार्यलगायतले भेटेर साहासि प्रहरीको रुपमा प्रसंशा गरेका छन् ।
सधै घर परिवारलाई भन्दा बढि जनताको सेवा गर्न ध्यान दिने पौडेलकी श्रीमति दुर्गा पौडेलले श्रीमानको उपचार राम्रोसँग गरि दिने आग्रह गरेकी छन् । सधै सेवालाई प्राथमिकता दिने श्रीमान्को ड्युटीमा रहेका बेला आक्रमण भएकाले उहाँलाई सरकारले क्षेतिपूर्ति र सुविधा दिन माग गरेकी छन् ।
१४ बर्ष प्रहरी जवान भएर काम गरेका पौडेलको दुई महिना पछि हवाल्दारमा बडुवाको पालो थियो । हवाल्दार बन्ने त उनको रोलक्रमबाटै आएको छ । सरकारले सम्मान स्वरुप प्रहरी सहायक निरिक्षकमा बढुवा गरि दिए, जनताका लागि ज्यान जोखिम मोलेर काम गर्ने प्रहरीलाई राज्यले सम्मान गर्छ भन्ने हौसाला मिल्ने उनी बताउछन् ।
इलाम दरबन्दी भएका पौडेल ४ बर्ष देखि सुनसरीमा छन् । ७ महिना अघि मात्र घुस्की प्रहरी चौकीमा सरुवा भएका थिए । सुनसरीको सिमा नाकामा चोरीतस्कारी रोक्न उनले महत्वपूणर््ा भूमिका निर्वाह गर्दै आएका छन् ।
गत विहीबार दिउँसो इस्लाहीलाई दुईवटा मोटर साईकलमा आएका युवाहरुले गोली हानी हत्या गरेका थिए । हत्या पछि भारततिर भाग्दै गरेका सुटरलाई नियन्त्रणमा लिने क्रममा पौडेलमाथि गोली प्रहार भएको थियो ।
तस्विरः प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारी घाईते पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै ।