धरान  / धरान उपमहानगरभित्र ट्याम्पुहरुले मनोमानी भाडा लिएको गुनासो आए पछि धरान उपमहानगरपालिकाको संयोजनमा सरोकारवालासँग छलफल गरि नगरक्षेत्रमा संचालन हुने टेम्पोको भाडा दर कायम गरिएको छ । मंगलबार धरान उपमहानगरको कार्यलयमा बसेको बैठकले भानुचौक, भाटभाट्नी, रमाईलोचोक हुदै विपी प्रतिष्ठान, रेल्वेसम्को १५देखि ३५ सम्म कायम गरेको छ ।  भानुचोकदेखि तीनकुनेसम्म २५, कोलेनीसम्म २५, मंगलबारेसम्म २५ रुपैया कायम गरिएको छ । यसअघि जेठ २९ र असार ३ गतेसमेत बसेर सहमति गरिएको थियो । मंगलबार भएको बैठकले सहमति पूर्ण रुपमा कार्यन्वय गराउने गरि छलफल भएको उपमहानगरकी कार्यवहाक मेयर मञ्जु भण्डारीले जानकारी दिईन ।
छलफलमा ट्राफिक प्रहरी इन्स्पेक्टर होमनाथ दाहाल, धरान बुद्ध यातायात प्रालिका अध्यक्ष रामबहादुर योञ्जन, धरान टेम्पो यातायात सेवा केन्द्रका अध्यक्ष रामु तामाङ, कोशी टेम्पो संरक्षण केन्द्र प्रालिका सचिव नीलबहादुर कार्की, उपमहानगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत गणेश खतिवडालगायतको उपस्थिति रहेको थियो ।